मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डिसी मेट्रो   
मुख्य समाचार   

फेडरेशन अफ इन्टरनेशनल जर्नालिष्ट एसोसियशनको पहिलो बैठक, नेपाली पत्रकारहरुको तथ्यांक संकलनको तयारी

फेडरेशन अफ इन्टरनेशनल जर्नालिष्ट एसोसियशनको पहिलो बैठक, नेपाली पत्रकारहरुको तथ्यांक संकलनको तयारी

हिमालय खबर

शेयर गर्नुहोस:

999
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भर्जिनिया (अमेरिका): अमेरिकाको डिसी मेट्रो भर्जिनियामा हालै गठन भएको फेडरेशन अफ इन्टरनेशनल जर्नालिस्ट्स एसोसिएसन अमेरिका (फिजा) को पहिलो बैठक अनलाइन भिडियो कलमार्फत सम्पन्न भएको छ। महासङ्घका अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा अमेरिकाका विभिन्न सहरहरू, नेपाल, क्यानाडा लगायतका सल्लाहकार, पदाधिकारी तथा बोर्ड अफ डाइरेक्टरहरूको प्रायः सबैको उपस्थिति रहेको थियो।

बैठकमा सल्लाहकारहरू क्रमशः वरिष्ठ पत्रकार योगेश उपाध्याय, पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईँ, पुरु घिमिरे, विजय घिमिरेलगायतले संस्थाको आगामी बाटो कस्तो हुनुपर्छ र कसरी अगाडि बढ्ने भन्ने विषयमा आफ्ना मन्तव्य राखेका थिए। महासङ्घले जारी गरेको विज्ञप्तिमा फिजालाई पेशागत पत्रकार र पत्रकारिता जोड्ने तथा यसका लागि स्वतन्त्र र नेतृत्वदायी संस्थाका रूपमा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरिएको उल्लेख छ।

बैठकमा उपाध्यक्षहरू क्रमशः अखण्ड भण्डारी, जीवन भण्डारी, केदार कोइराला, टङ्क पन्त, सतिश चापागाईँले पनि संस्थाका बहुआयामिक पक्षहरूबारे धारणा राख्दै पत्रकारितामा देखिएका विकृति र विसङ्गति हटाउन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाले ठूलो भूमिका खेल्नसक्ने र खेल्ने बताएका थिए।

त्यस्तै, महासचिव टङ्क दाहाल, सचिव अनिल अधिकारी, बोर्ड अफ डाइरेक्टरहरू क्रमशः विश्वराज थापा, दिनेश कार्की, नवराज कुँवर, अनिल थापा, सुमन दाहालले पनि महासङ्घको गठनको औचित्य र विविध पक्षहरूबारे धारणा राखेका थिए।

महासङ्घका अध्यक्ष रामप्रसाद खनालले बैठकमा उठेका विभिन्न प्रश्न र जिज्ञासाहरूलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकालाई पत्रकारहरूको अन्तर्राष्ट्रिय छाता सङ्गठन बनाउने लक्ष्यमा संस्थाले काम गर्नुपर्ने बताएका थिए। उनले पत्रकारिता क्षेत्रका लागि स्वतन्त्र र निष्पक्ष ढङ्गले काम गर्न संसारभरका विभिन्न देशहरूमा शाखा स्थापना गर्दै अभियान सुरु गर्ने र केही हप्ताभित्रै नेपालमा देशस्तरीय शाखा स्थापना गरी अभियान थाल्ने जानकारी दिए।

बैठकले सचिव अनिल अधिकारीलाई सदस्यता मापदण्ड तयार गर्न र आगामी बैठकमा प्रतिवेदन पेस गर्न जिम्मेवारी तोकेको छ। अर्का बोर्ड अफ डाइरेक्टर दिनेश कार्कीलाई पत्रकारहरूको विश्वव्यापी नेटवर्क बनाउन सहयोग पुग्ने गरी डाटा सङ्कलन तथा व्यवस्थित गर्न “हु इज हु” पुस्तक र अनलाइन प्रकाशनका लागि तयारी गर्न संयोजक तोक्ने निर्णय गरिएको छ।

यसैगरी, बैठकले महासङ्घका अध्यक्ष रामप्रसाद खनाललाई कार्यसमितिलाई पूर्णता दिन आवश्यक थप मनोनयन गर्न र नेपाल शाखा निर्माणका लागि आवश्यक पहल गर्न अधिकार प्रत्यायोजन गरेको छ।

बैठकले पत्रकारितासँग सम्बन्धित संसारभरका जुनसुकै संस्थाहरूसँग पत्रकारहरूको हकहित र पत्रकारिताको विकासका लागि आवश्यक सहकार्य गर्दै अगाडि बढ्ने निर्णय पनि गरेको छ।

महासचिव टङ्क दाहाललाई संस्थाको तर्फबाट मनोनयन पत्र, परिचय पत्र तयार गर्ने र वेबसाइट डिजाइनको जिम्मेवारी दिइएको छ। सबै महादेशबाट प्रतिनिधित्व हुने गरी अन्तर्राष्ट्रिय पत्रकार महासङ्घलाई पूर्णता दिने प्रयास भइरहेको तथा केही समयभित्रै नेपाल, बेलायत, अस्ट्रेलिया, जापान, क्यानाडा लगायतका देशहरूमा शाखा स्थापना गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ।