काठमाडौँ । चिकित्सा शिक्षा सुधारका लागि डा केदारभक्त माथेमा आयोगले दिएका ८५ बुँदे सुझावमध्ये ७३ वटा सुझावलाई सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न सुरु गरेको सरकारले जनाएको छ । आयोगमा सदस्य सचिवको पदमा रही कामसमेत गर्नुभएको शिक्षा मन्त्रालयका प्रवक्ता सहसचिव डा हरि लम्सालले बाँकी बुँदा पनि कसरी कार्यान्वयनमा लाने भन्ने विषयमा मुख्य सचिवको तहमा छलफल भइराखेको…