काठमाडौं– चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति बनाउन गठित उच्च स्तरीय कार्यदलले एमबिबिएसको शुल्क ३५ लाख रुपैयाँ तोकेको छ । कार्यदलका संयोजक केदारभक्त माथेमाले आज प्रधानमन्त्री शुसिल कोइरालालाई बुझाएको ‘चिकित्सा शिक्षा सम्बन्धि राष्ट्रिय नीति तर्जुमा उच्च स्तरीय कार्यदलको प्रतिवेदन–२०७२’मा उक्त शुल्क उल्लेख छ । अहिले मेडिकल कलेजले एमबिबिएसको शुल्क ४५ लाख रुपैयाँसम्म लिइरहेका…