भक्तपुर । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले पहिलोपटक मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ । केन्द्रका वरिष्ठ मुटु शल्य चिकित्सक डा मोहनदेव भण्डारी, डा सम्पूर्णमान तुलाधर, डा प्रेमराज वैध, मुटुरोग विशेषज्ञ डा कार्तिकेशकुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा सन्दिप भण्डारीलगायत विदेशी चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेको थियो । केन्द्रले बुधबार यहाँ आयोजना गरेको पत्रकार सम्मलेनमा यसबारे…