चितवन । भरतपुर अस्पतालको “सी” व्लक भवनको बिहीबार शिलन्यास गरिएको छ । अस्पतालको भवनको स्वास्थ्य मन्त्री गगनकुमार थापाले एक कार्यक्रमकाबीच अस्पताल परिसरमा शिलन्यास गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री थापाले भरतपुर अस्पताललाई नमुना अस्पताल र व्यवस्थित अस्पताल बनाउन आफूले सक्दो सहयोग गर्ने बताए । उनले शिलन्यास गरिएको भवन समयमै निर्माण सम्पन्न हुनेसमेत बताए ।…