ड्यालस (टेक्सस, अमेरिका) — समाजसेवा र मानवीय भावनाको कदर गर्दै 'ब्लड डोनर्स अफ अमेरिका' (बिडिए) र नेपाली जनसम्पर्क समिति ड्यालस-फोर्टवर्थ च्याप्टरको संयुक्त आयोजनामा ड्यालस-फोर्टवर्थ क्षेत्रमा विशेष रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। समाजसेवी स्व. हरिबोल भण्डारीको स्मृति तथा उहाँको निधनको वार्षिकीका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो। स्थानीय नेपाली समुदायको उत्साहजनक सहभागिता रहेको उक्त…