मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोलोराडो   
मुख्य समाचार   

कोलोराडोमा नेपाली संस्थाहरुको सहयोगार्थ फन्ड रेजिङ डिनर कार्यक्रम आयोजना हुदै

कोलोराडोमा नेपाली संस्थाहरुको सहयोगार्थ फन्ड रेजिङ डिनर कार्यक्रम आयोजना हुदै

नातिबाबु भट्ट

शेयर गर्नुहोस:

729
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो (अमेरीका)- कोलोराडोमा सकृय सम्पूर्ण नेपाली संघ संस्थाको सक्रिय सहयोगमा हेल्पीङ हेण्ड हेल्थ एजुकेशन र नेपाली घरलाई आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले फन्ड रेजिङ डिनर कार्यक्रम आयोजना हुने भएको छ । हेल्पिङ ह्यान्ड्स नेपाल र नेपाली घरको समन्वयमा आगामी सेप्टेम्बर ८ तारिक आइतबार फन्ड रेजिङ डिनर कार्यक्रम आयोजना गर्न लागिएको हो ।

11885 Bradburn Blvd. Westminster स्थित हलमा बेलुका ५ बजेदेखि ८ बजेसम्म संचालन हुने उक्त फन्ड रेजिङ डिनर कार्यक्रमलाई भव्य, सभ्य र व्यबस्थित रुपमा सफल पार्न दुइ छुट्टा छुट्टै समिती गठन गरि कार्य बिभाजन गरिएको छ । आइतबार बेलुका ४ बजेदेखि ८ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा, कोलोराडोमा सक्रिय बिभिन्न संघ संस्थाहरुको सहभागितामा एक बैठक बसी समिती गठन तथा कार्य बिभाजन गरिएको हो ।

हेल्पिङ ह्यान्डस नेपाल र नेपाली घरद्वारा आयोजित उक्त बैठकलाई नेपाली सांस्कृतिक केन्द्र ब्यवस्थापन तथा परामर्श समितिले सहजिकरण गरेको थियो । कोलोराडो स्थित करीब १ दर्जन संघ संस्थाका प्रतिनिधि लगायत ३ दर्जन भन्दा बढी बुद्धिजीवी, समाजसेवी, खेलाडी, पत्रकारहरुको उपस्थिति रहेको उक्त बैठकद्वारा नेपाली घरका महासचिव भोला कटुवालको संयोजकत्वमा धर्मराज श्रेष्ठ, प्रकाश पौडेल, अर्जुन बगाले र नातिबाबु भट्ट संम्मिलीत ५ सदस्यीय पब्लिक रिलेसन तथा मिडिया प्रमोसन समिति गठन गरिएको छ ।

त्यसैगरी बैठकले कोलोराडो स्थित नेपालीभाषि बिभिन्न समुदाय संग समन्वय गरी कार्यक्रममा सबैको सहभागिता सुनिश्चित गर्न नेपाली घरका अध्यक्ष बसन्त लम्सालको संयोजकत्वमा नारायण श्रेष्ठ, पदम बिश्वकर्मा, कृष्ण काफ्ले, जित गुरुङ, उपेन्द्र थापा र समिका डिस्क्रोल संम्मिलीत समन्वय समिति गठन भएको छ । त्यस्तै कार्यक्रमलाई व्यबस्थित रुपमा सफल पार्न आवस्यक पर्ने स्वयंसेवकहरुका लागि सहभागी सम्पूर्ण संघसंस्थाका अध्यक्षहरुले आफुलाई स्ट्यान्ड बाइ राख्ने र आवस्यकता अनुसार थप स्वयंसेवक उपलब्ध गराउने सल्लाह भएको छ ।

कार्यक्रममा उपस्थित दाताहरुलाई दान दिन अभिप्रेरित गर्न आवस्यक पर्ने प्रभावकारी श्रब्यदृश्य सामाग्री तयार पार्नका लागि समाजसेवी नबिन दत्तलाई जिम्मा दिइएको छ । वहाँलाई आवस्यक पर्ने सामाग्री हेल्पिङ ह्यान्ड नेपाल र नेपाली घरले सबै संघ संस्थासंग समन्वय गरी उपलब्ध गराउने भएको छ ।

अमेरिकी र नेपाली गरी ३ सय दाताहरुको सहभागिता गराउने लक्ष्य राखिएको उक्त फन्ड रेजिङ डिनर कार्यक्रममा एउटा टेबलमा १० जनाका दरले बस्ने ब्यवस्था मिलाइएको र एक जनाको ७५ डलर र एउटा टेबलको ७ सय डलर तोकिएको छ । सोही शुल्कमा डिनर उपलब्ध हुने छ । दाताहरुले यसपाली उल्ल्खित शुल्कका अतिरिक्त यथासक्य दान पनि गर्ने बिश्वास आयोजकहरुले गरेका छन ।

कार्यक्रममा कोलोराडोका सक्रिय संस्था रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल, NRN Colorado, जनसंम्पर्क समिति कोलोराडो, नेवा खलः कोलोराडो, कोलोराडो भलिवल टिम, ब्लड डोनर्स असोसियसन कोलोराडो र नेपाली वुमन थ्राइभ ग्रुप कोलोराडोले एक, एक टेबल लिएर सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका छन् । त्यस्तै INLS Colorado ले यस अघिनै एउटा टेबलको लागि प्रतिबद्धता गरिसकेको छ। सोही कार्यक्रममा नेपाली घरका उपाध्यक्ष्य तथा समाजसेवी कृष्ण काफ्लेले ब्यक्तिगत रुपमै एउटा टेबल लिएर कार्यक्रम सफल पार्ने प्रतिबद्दता गरेका छन् ।

कार्यक्रममा संकलित एकमुष्ट सहयोगबाट खर्च कटाइ बांकि रहेको रकम आयोजक दुवै संस्थाको खातामा बराबर जाने ब्यबस्था मिलाइने हेल्पिङ ह्यान्ड्स नेपालका अध्यक्ष नारायण श्रेष्ठले बताएका छन् । संकिलत सहयोग रकम मध्ये आधा जन्मभुमीका नेपाली समुदायमा र आधा कर्म भुमी नेपाली भाषी समुदायको हक हित र कल्याणमा खर्च हुने यस्तो पुण्य कार्यमा सहभागी भइ यथासक्य दानगरी पुण्यलाभ गर्नुहुन कोलोराडोमा सकृय संघ संस्थाका प्रतिनिधीहरूले सबैलाइ अनुरोध गरेका छन् ।