मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
राजनीति-समाज   

शिकागोमा सञ्चालित घुम्ती शिविरबाट ४११ नेपाली लाभान्वित

शिकागोमा सञ्चालित घुम्ती शिविरबाट ४११ नेपाली लाभान्वित

हिमालय खबर

शेयर गर्नुहोस:

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वासिङ्टन, डिसी । इलिनोइ राज्यमा बसोबास गर्दै आएका नेपालीलाई राहदानीलगायत सेवा प्रवाह गर्ने लक्ष्यका साथ हालै शिकागो नगरमा सञ्चालित घुम्ती शिविरबाट चार सय ११ जना लाभान्वित भएका छन् ।

यहाँस्थित राजदूतावासले नेपाली संलग्न स्थानीय सङ्घसंस्थासँगको समन्वयमा सञ्चालन गरेको तीनदिने शिविरमा राहदानी सेवा प्रवाह गरिएको थियो । सरकारको निर्देशनअनुसार समय–समयमा दूतावासले विभिन्न राज्यमा यस्ता शिविर सञ्चालन गर्दै आएको छ ।

सोही राज्यको कार्वोन्डेल विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी बालकोट भक्तपुरकी राजती दाहालले शिकागो शिविरबाट सहजरूपमा सेवा प्राप्त भएकामा प्रसन्नता प्रकट गरे । यसबाट धेरै नेपालीलाई घण्टौँको हवाई यात्रा गरेर वासिङ्टन पुग्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउँदै उनले नेपाल सरकारप्रति कृतज्ञता व्यक्त गरे ।