मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मनोरञ्जन   

मिलन नेवारले नचाइन् ह्युस्टनका नेपाली

मिलन नेवारले नचाइन् ह्युस्टनका नेपाली


शेयर गर्नुहोस:

675
Shares

  • change font
  • change font
  • change font

अक्टुवर २०, ह्युस्टन, टेक्सस ।

दशैं तिहारको अवसर पारेर भिआइपी मुभमेण्टले  ह्युस्टनस्थित पशुपति मन्दिर परिसरमा हिजो शनिवार एक सांङ्गीतिक कार्यक्रमको आयोजना गरेको छ। नेपाली गीत-सङ्गीतको प्रवर्द्धनका साथै हालै नेपालमा गएको बाढी पहिरोबाट प्रभावितहरुको लागि आर्थिक सहयोगको उद्देश्यले आयोजित सांङ्गीतिक उत्सवमा नेपालकी चर्चित गायिका मिलन नेवार सहित कलाकारहरु खेम सेन्चुरी, अन्जली अधिकारी र राधिका कंडेलको प्रस्तुति रहेको थियो।

फुलबुट्टे सारी, आँखा रातै लगायतका चर्चित गीत गाएर स्थानीय नेपाली दर्शरकहरुको मन जितेकी गायिका मिलनले आफूसंगै दर्शकहरुलाई समेत मज्जाले नचाएकी थिइन्। अन्जली अधिकारीको नाच, लोक-दोहरी गायक खेम सेन्चुरीको लोक गीतले समेत दर्शकहरुलाई मनोरन्जन दिएको थियो। महिला स्ट्याण्डअप कमेडियनका रुपमा राधिका कंडेलको प्रस्तुतिले सांङ्गीतिक कार्यक्रममा फरक स्वाद समेत दिने प्रयास भएको थियो। कार्यक्रमको शुरुमा स्थानीय बाल कलाकार सिमरन खरेलको नृत्य प्रस्तुति निकै प्रशंसनीय थियो।

केही ढिलो गरी शुरु भएको कार्यक्रमको अन्त्यमा प्रस्तुति दिएकी गायिका मिलनलाई  करिब आठ बजेसम्म दर्शकहरुले साथ दिएका थिए। अनुमान गरिएभन्दा कम दर्शकहरुको उपस्थिती रहेको  सांङ्गीतिक कार्यक्रमको समग्र हिसाब गरिए पछि मात्र बचेको रकम पूर्व घोषणा गरिअनुसार नेपालमा बाढी पहिरो पीडितहरुको सहयोगको लागि पठाइने आयोजक विष्णु कार्कीले हिमालय खबरलाई बताएकाछन्।अर्का आयोजक रन्जित गौलीले होस्ट गरेको कार्यक्रम आयोजनामा नेप्लिज एशोसियसन अफ ह्युस्टन, गुल्मी समाज र क्रियटिभ नेप्लिज सोसाइटी समेतले स्थानीय सहयोग गरेको आयोजकहरुले जानकारी गराएकाछन्।

 

शेयर गर्नुहोस:

675
Shares