बिडिएको पाँचौं अधिवेशन सम्पन्न

अमेरिका, बोस्टन। 'रक्तदान, जीवन दान’ भन्ने उक्तिलाई संस्थाको मूल मन्त्र बनाएर परोपकारी अभियानमा जुट्दै आइरहेको ब्लड डोनर्स अफ अमेरिका(बिडिए)को पाँचौं अधिवेशन सम्पन्न भएको छ। अमेरिकाको म्यासाच्युसेट्स राज्यको ब्रेनट्री स्थित नेपाली सामुदायिक भवनमा आयोजित पाँचौं अधिवेशन गत जुलाई २०,२०२५ आइतबार सम्पन्न भएको हो। जुलाई २० र २१ (शनिवार र आइतवार) भएको पाचौं अधिवेशनले महेश्वर पन्तको नेतृत्वमा…