प्रणामी मन्दिरमा भव्य जन्माष्टमी

ड्यालस (टेक्सस) । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ‘डिएफडब्लु श्रीकृष्ण प्रणामी मन्दिर, ड्यालस’ मा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो । मन्दिर परिसरमा विविध कार्यक्रमहरू सम्पन्न गर्दै जन्माष्टमी पर्व श्रद्धा, भक्तिभाव र भव्यताका साथ उल्लासपूर्वक मनाइएको थियो। प्रवासमा रहेका हजारौं भक्तजनहरूको उपस्थितिमा आयोजित कार्यक्रममा पूजा-अर्चना, भजन-कीर्तन, रथयात्रा, प्रहसन, रास तथा रामत नृत्य, बालबालिकाका नृत्य…