ड्यालस (टेक्सस) । नेपाली कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारीको निधन भएको छ । अमेरिकाको टेक्ससको ग्रेनवरीमा आफ्नै निवासमा उनको मृत्यु भएको हो ।
हिजो रातभरि नेपालको राजनीतिक घटनाक्रम टेलिभिजनमा हेरेका उनको सोही कारण तनाव भएर मृत्युको अनुमान गरिएको छ ।भण्डारी नेपाली कांग्रेसमा लामो समयदेखि सक्रिय थिए ।
नेपालमा रहँदा उनले कांग्रेसको संगठन विस्तार र युवाहरूलाई राजनीतिको मुख्यधारमा ल्याउन उल्लेखनीय भूमिका खेलेका थिए। प्रवासी जीवनमा समेत उनी नेपाली समुदायमा विनम्र, सहयोगी र समाजसेवी व्यक्तित्वका रूपमा परिचित थिए।
टेक्सससहित अमेरिकाभर रहेका नेपाली समुदायका गतिविधिमा उनी सक्रिय रुपमा संलग्न हुने गर्थे। घटनापछि प्रहरीले प्रारम्भिक अनुसन्धान पुरा गरेर उनको शबलाई फ्युनरलहोममा पठाएको छ । मृत्युको कारणबारे भने हालसम्म कुनै प्रष्ट जानकारी आएको छैन।
टेक्सससहित सम्पूर्ण अमेरिकामा रहेका नेपाली समुदाय उनका निधनपछि स्तब्ध र दुःखी भएका छन्। अहिले नेपाली समाजमा शोकपूर्ण वातावरण व्याप्त छ।
थप विवरण आउन बाँकी छ..












प्रतिक्रिया