मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking   
अमेरिका समाचार   

समाजसेवी हरिबोल भण्डारीको अन्त्येष्टि कार्यक्रम आइतबार ड्यालसमा हुने

समाजसेवी हरिबोल भण्डारीको अन्त्येष्टि कार्यक्रम आइतबार ड्यालसमा हुने


शेयर गर्नुहोस:

13.2k
Shares

  • change font
  • change font
  • change font

ड्यालस, टेक्सास – समाजसेवी हरिबोल भण्डारीको असामयिक निधनले अमेरिकास्थित नेपाली समुदाय गहिरो शोकमा परेको छ।

भण्डारीको अन्त्येष्टि कार्यक्रम आगामी २०२५ सेप्टेम्बर १४, आइतबार दिउँसो १:०० बजेदेखि ४:०० बजे सम्म ड्यालसस्थित ह्युज फ्यामिली ट्रिब्युट सेन्टर (९७०० वेब च्यापल रोड, ड्यालस, टेक्सास ७५२२०)  9700 Webb Chapel Rd, Dallas, TX 75220 मा आयोजना हुने परिवारले जनाएको छ।

शोकको यस घडीमा विभिन्न संघ–संस्था र व्यक्तिहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी संवेदना व्यक्त गरेका छन्। उहाँको निधनले अपूरणीय क्षति पुगेको भन्दै समुदायले श्रद्धाञ्जली अर्पण गरेका छन्।

समाजसेवी भण्डारीले लामो समयदेखि अमेरिकामा रही नेपाली समुदायका लागि उल्लेखनीय योगदान पुर्‍याउँदै आउनुभएको थियो। उहाँको असामयिक निधनले नेपाली प्रवासी समाजमा ठूलो रिक्तता सिर्जना भएको समुदायका सदस्यहरूले बताएका छन्।

शेयर गर्नुहोस:

13.2k
Shares