अमेरिकामा अहिले लाखौँ चालकको यात्रा–बानी सरकारी निगरानीमा परेको तथ्य सार्वजनिक भएको छ। अमेरिकी सीमा सुरक्षा निकाय यू.एस. बर्डर पेट्रोलले स्वचालित नम्बर–प्लेट क्यामेरा, ए.आई र स्थानीय प्रहरी निकायसँगको सहकार्य मार्फत देशभरका गाडीको आवागमन ट्र्याक गरिरहेको छ। प्रारम्भमा सीमा क्षेत्रमा अपराध रोकथामका लागि प्रयोग भएको यो प्रणाली अहिले देशका विभिन्न प्रमुख सहर र भित्री राज्यहरूमा विस्तार भइसकेको…