मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
बोस्टन   
मुख्य समाचार   
राजनीति-समाज   

उज्यालो नेपाल पार्टीद्वारा घोषणापत्र सार्वजनिक(पूर्णपाठसहित)

उज्यालो नेपाल पार्टीद्वारा घोषणापत्र सार्वजनिक(पूर्णपाठसहित)

सुशासन, समृध्दि र सामाजिक न्याय प्रमुख मुद्धा


शेयर गर्नुहोस:

945
Shares

  • change font
  • change font
  • change font

अमेरिका, बोस्टन। उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने भनिएको संसदीय निर्वाचनलाई लक्षित गरी तयार पारेको पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ। बुधवार काठमाण्डौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टीको औपचारिक घोषणा सभाका दौरान उक्त घोषणापत्र सार्वजनिक गरिएको हो।

नेपथ्यमा रहेर उज्यालो नेपाल पार्टीलाई अगाडि बढाउन अग्रणी भूमिका निर्वाह गरिरहेका वर्तमान अन्तरिम सरकारका सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, पार्टीको कुनै पदमा रहेको कुरा सार्वजनिक भएको छैन। उनि उक्त घोषणासभामा प्रमुख अतिथिको हैसियतमा मात्र सहभागी भएको मन्तव्य दिने क्रममा मन्त्री घिसिङले प्रस्ट्याएका थिए।

Advertisement

उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्व ऊर्जा सचिव अनुपकुमार उपाध्यायको अध्यक्षता रहेको उक्त कार्यक्रममा जारी गरिएको घोषणापत्रमा सुशासन, समृध्दि र सामाजिक न्यायलाई प्रमुखताका साथ उठाइनुका साथै नयाँ युगको प्रारम्भ गर्ने संकल्प र योजनाका साथ उज्यालो नेपाल पार्टीको जन्म भएको उल्लेख गरिएको छ।

दलको पहिचान अनुरुपको व्यवहार प्रदर्शन गरी परिणाममुखी राजनितिक अभ्यास गर्ने, नेपालको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र नागरिक सर्वोच्चतालाई पार्टीले मूल राजनितिक आदर्श मान्ने घोषणापत्रमा प्रस्ट उल्लेख गरिएको छ।

यसैगरी, घोषणापत्र अनुसार नेपालको संविधानको मूलभूत व्यवस्थालाई आत्मसात गदै लोककल्याणकारी राज्य र उदारवादी अर्थ व्यवस्थाको अभ्यासलाई उज्यालो नेपाल पार्टीले मूलभूत राजनितक र आर्थिक मार्गनिर्देशन मानेको छ। नेपालको राष्ट्रिय हितको संरक्षण र प्रवर्धन गर्दै सुशासन र सामाजिक न्यायको आधारमा प्रत्येक नागरिकको जीवनलाई समृद्ध बनाउनु पार्टीको प्राथमिक लक्ष्य रहेको जनाइएको छ।

यसैगरी, घोषणापत्रमा पार्टीको नितिका रुपमा संसदीय अभ्यासको सिमावलोकन गर्ने, भ्रष्टाचार, राजनीतिक हस्तक्षेप र प्रशासनिक दुरुपयोगविरुद्ध शून्य सहनशीलताको निति अख्तियार गर्ने, कडा कानूनी सजायको व्यवस्था तथा नीतिगत भ्रष्टाचारको अन्त्य गर्ने, लोकतन्त्रको सबलीकरण र असल राजनीतिक संस्कार, संवैधानिक मूल्य र मानवअधिकारको संरक्षण गर्ने, मौलिक अधिकार, नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरूको पूर्ण कार्यान्वयन गर्ने, नागरिक अधिकारको, संरक्षण र प्रवर्द्धनका लागि कानुनी, संस्थागत र सामाजिक सुधार गर्ने, राज्यका अङ्हगहरू व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामा पारदर्शिता, जवाफदेहिता र पेशागत सक्षमता अभिवृद्धि गर्ने, न्याय प्रणालीमा सुधार गर्दै छिटो, सुलभ र न्यायपूर्ण न्याय उपलब्ध गराउने, अल्पसंख्यक, महिला, युवा र उत्पीडित समूहको राजनीतिक सहभागिता बढाउन विशेष कार्यक्रमहरु सञ्चालन गर्ने, स्वतन्त्र, निष्पक्ष र जिम्मेवार आम सञ्चारमाध्यमहरुको संरक्षण गर्ने, नागरिकको सूचनाको अधिकारलाई सुनिश्चित गर्ने, आर्थिक विकास र समृद्धि प्राप्त गर्न देशलाई कृषि उत्पादन तथा खाद्यन्नमा आत्मनिर्भर बनाउने लगायत रहेका छन्।

जारी घोषणापत्र अनुसार उज्यालो नेपाल पार्टीले संघीय, प्रदेश, जिल्ला, स्थानीय तह र वडा गरी पाँच तहको पार्टी संरचना बनाउने भएको छ।

विजुलीको बल्भ चुनाव चिन्ह रहेको यस पार्टीले  सार्वजनिक गरेको घोषणापत्रको पूर्णपाठको लागी यहाँ थिच्नुहोला I

शेयर गर्नुहोस:

945
Shares