क्यालिफोर्निया । मनोरञ्जनको क्षेत्रमा विश्वप्रसिद्ध संस्था डिज्नेले संयुक्तराज्य अमेरिकाका पार्कमा कार्यरत आफ्ना कर्मचारीमध्ये २८ हजार अर्थात झण्डै एक चौथाईलाई हटाउने मंगलबार घोषणा गरेको छ । कोरोनाभाइरसको महामारी लामो समय कायम रहेको भन्दै डिज्नेले बाध्य भएर कर्मचारी कटौती गर्नु परेको जनाएको छ । शारीरिक दूरीका नियमहरुका कारण डिज्नेका मनोरञ्जन स्थलहरु नराम्रोसँग प्रभावित रहेको जनाउँदै डिज्नेले जारी…