मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्यूयोर्क सीटी काउन्सील डिष्ट्रीक २५का उमेदवार चेनका अभियान प्रमुखमा दिपेन्द्र लामा

न्यूयोर्क सीटी काउन्सील डिष्ट्रीक २५का उमेदवार चेनका अभियान प्रमुखमा दिपेन्द्र लामा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)-  न्युयोर्क सहरको जिल्ला परिषद अन्तर्गत २५ औं जिल्लाका लागि उमेदववार बनेका यी एण्डी चेनको अभियान प्रमुखमा नेपाली मुलका दिपेन्द्र लामा तोकिएका छन । 
 
उमेदवार चेनले आफ्नो निर्वाचन अभियान नेपालीहरुको अत्यधिक बसोबास रहेको न्युयोर्कको एल्महस्टमा कार्यालय उदघाटन कार्यक्रममा नेपाली मुलका दिपेन्द्र लामाको भुमिकाको बारेमा जानकारी पनि गराएका छन । उनका अनुसार अभियान प्रमुख तथा नेपाली मुलका दिपेन्द्र लामाले नेपाल लगायत दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश तथा दक्षिण पूर्वी एसीयाका थाइल्याण्ड, फिलिपिन्स तथा अफ्रिकी अमेरिकी समुदायसंग समन्वय गर्नेछन । कार्यक्रम तीनवटा भाषा प्रयोग गरी संचालन गरिएको थियो र जसमा  अंग्रेजी, चिनीया र नेपाली भाषा रहेका छन । औपचारिक कार्यालय उदघाटन कार्यक्रममा समुदायका प्रतिनिधि र स्थानीय निर्वाचित पदाधिकारीहरुले पनि आफ्नो समर्थन जनाएका थिए । 
 
पहिलो चरणमा हस्ताक्षर संकलन अभियान चलाइएको जानकारी पनि दिए । उमेदवार चेनका अनुसार पाँच दिन भित्रमा एकहजार हस्ताक्षर संकलन भइसकेको र केही दिनमै दुइ हजार नाघ्ने दावी गरे । उनले अभियानमा सहभागी हुन चाहनेहरुले ६४६–६२३–६५४५ वा वी चाट मार्फत “tony1978903 टीममा सामेल हुनपनि अनुरोध गरेका छन । 
कार्यक्रमका प्रमख अभियानकर्ता लामाले यस अभियानमा आफु लाग्नुको उदेश्य अमेरिकामा रहेका नेपाली समुदायको हित र अमेरिकी मुल राजनीतिमा नेपाली समुदायको प्रतिनिधित्व र सहभागिता बढाउने रहेको बताए । उनले नेपाली सामुदायिक भवन केन्द्र निर्माण गर्ने, सरकारी सेवामा नेपालीको सहभागिता बृद्धि गर्ने, दक्षिण एसीयाली समुदायलाई एकिकृत गर्ने तथा नेपाली व्यापार व्यवसायको प्रवद्र्धन गरी संस्कृतिलाई पहिचान दिनु अफ्नो उद्धेश्य रहेको बताए नेपाली मुलका व्यक्ति प्रमख अभियानकर्ता रहेकोले सबैको साथ र सहयोगको अपेक्षा गरिएको जनाइएको छ । 
 
क्यामपेन अभियान अफिस 86–13 Cornish Ave, Elmhurst, NY 11373  मा रहेको छ स सोक कार्यालय  दैनिक बिहान १० देखि बेलुका ८ बजे सम्म खुल्नेछ । यसले अंग्रेजी, स्पेनिस, चिनिया, फुजौ, क्यान्टोनिज, तिब्बती, नेपाली, बंगाली, हिन्दी भाषामा  सेवाहरू प्रदान गरिने छ । साथै कुनै पनि जिज्ञाशाहरूको लागि [email protected] मा ईमेल गर्न सकिने बताइएको छ ।