मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अनेसास ह्युस्टन च्याप्टरमा नयाँ कार्यसमिति

अनेसास ह्युस्टन च्याप्टरमा नयाँ कार्यसमिति

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ह्युस्टन (टेक्सस)- अन्तराष्ट्रिय साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरको गत आइतवार सम्पन्न भर्च्यूअल साधारणसभाबाट वासु पौडेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन भएको छ। सर्वसम्मत चयन भएको कार्यसमितिको उपाध्यक्षमा सतिश त्रिपाठी र मुना पौड्याल निर्वाचित भएका छन् भने महासचिवमा साधना शर्मा, सचिवमा रोशन श्रेष्ठ र कोषाध्यक्षमा अमृत लामिछाने चयन भएका छन्। यसैगरी सात जना सदस्यहरु क्रमश: अमृत कँडेल प्रकाश लुईंटेल, मोदनाथ गिरी, वशिल अर्याल, शेष बराल, सदिक्षा रेग्मी र सोमुना सुवेदी र छानिएका छन्।

 
नेपालीहरु संसारको जुनसुकै ठाउँमा भएपनि आफ्नो भाषा, साहित्य र संस्कृति भुल्न सक्दैनन्। भाषा, संस्कृति र साहित्य नै प्रवासमा नेपालीलाई चिनाउने र एकताबद्ध गराइराख्ने दरिलो माध्यम हो। नयाँ पुस्तामा नेपालीपन जीवित राखिराख्न आफ्ना सन्ततिहरुलाई नेपाली भाषा बोल्न/लेख्न सिकाउनु पर्दछ। अनेसासमा आवद्ध नेपाली साहित्य सर्जकहरुका नेपाली भाषा र साहित्यप्रति चासो सृजना गराउने सामाजिक गतिविधीहरुले थोरै भएपनि निरन्तरता पाइरहेको छ। आफ्नो नियमित कामका अतिरिक्त भाषा र साहित्यमा चाख भएका नेपालीहरुलाई एकताबद्ध गराउन अनेसासको सक्रियता उल्लेखनीय छ।
 
अनेसास ह्युस्टन च्याप्टरका निवर्तमान अध्यक्ष कमलमणी पन्थीको अध्यक्षतामा सम्पन्न साधारण सभामा नेपाली भाषा र साहित्यलाई माया गर्ने साहित्य सर्जक र साहित्यानुरागीहरुको सहभागिता रहेको थियो। नवनिर्वाचित उपाध्यक्ष सतिस त्रिपाठीले अनेसासले वर्ष २००० मा गरेका गतिविधिहरुको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा पूर्व अध्यक्षहरु गंगा लिगल र शेष शर्मा तथा सल्लाहकार डा. राजेन्द्र श्रेष्ठले नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।
 
साधारणसभाका दौरान ह्युस्टनमा नेपाली भाषा, साहित्य र संस्कृतिको जगेर्नामा निरन्तर लागिरहेका निवर्तमान अध्यक्ष कमलमणी पन्थी र श्रीमती उषा पन्थीको पचासौं विवाह उत्सवका अवसरमा अनेससाका साहित्यिक गतिविंधिहरु संचालनार्थ ५०० डलर सहयोग समेत दिएका थिए।