अमेरिका समाचार

अमेरिकी सरकारले नेपाली दुतावासलाई फिर्ता गर्यो चोरिको मूर्ति

अमेरिकी सरकारले नेपाली दुतावासलाई फिर्ता गर्यो चोरिको मूर्ति


शेयर गर्नुहोस:

4.3k
Shares

  • change font
  • change font
  • change font

अमेरिकी सरकारले नेपालको ऐतिहासिक मूर्ति नेपाल सरकारलाई बुझाएको छ । ३७ बर्ष अघि अर्थात सन १९८५ सालमा नेपालबाट चोरी गरी अमेरिका ल्याइएको सो लक्ष्मी नारायणको मूर्तिलाई अमेरिका स्थित नेपाली राजदुतावासमा एक कार्यक्रम गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

नेपाल सरकारका तर्फबाट राजदुत डा. युवराज खतिवडाले सो मूर्ति ग्रहण गरेका थिए । मूर्ति हस्तान्तरण कार्यक्रममा अमेरिकी सरकारका तर्फबाट एफबीआई अर्थात फेडरल ब्युरो अफ इन्भेष्टिगेसनका उपसहायक निर्देशक टीएन ड्युनह्यामले राजदुत खतिवडालाई बुझाएका हुन ।

Advertisement

दुतावासले सो मूर्ति ललितपुर जिल्लाको पाटन स्थित एक मन्दिरको भएको बताएको छ । दुतावासका अनुसार मध्यकालमा बनेको अनुमान गरिने सो मूर्तिको आकार ३३ दशमलव पाँच उचाई र १९ दशमलव दुइ पाँच चौडाइ रहेको छ । सो मूर्तिलाई अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल पुर्याइने दुतावासले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा राजदुत खतिडाले नेपालको सम्पदा नेपाललाई नै बुझाएर अमेरिकी सरकारले दुई देश विचको बहुपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाएको बताए । यसैगरि अमेरिकी उपसहायक विदेशमन्त्री एर्भिङ मेसिङ्गा र एफबीआइका उपसहायक निर्देशक ड्युनह्यामले नेपाल र अमेरिकाविचको सहकार्य अझै दरिलो र हितैसी बनाउने जनाए ।

शेयर गर्नुहोस:

4.3k
Shares