मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी सरकारले नेपाली दुतावासलाई फिर्ता गर्यो चोरिको मूर्ति

अमेरिकी सरकारले नेपाली दुतावासलाई फिर्ता गर्यो चोरिको मूर्ति

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकी सरकारले नेपालको ऐतिहासिक मूर्ति नेपाल सरकारलाई बुझाएको छ । ३७ बर्ष अघि अर्थात सन १९८५ सालमा नेपालबाट चोरी गरी अमेरिका ल्याइएको सो लक्ष्मी नारायणको मूर्तिलाई अमेरिका स्थित नेपाली राजदुतावासमा एक कार्यक्रम गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।

नेपाल सरकारका तर्फबाट राजदुत डा. युवराज खतिवडाले सो मूर्ति ग्रहण गरेका थिए । मूर्ति हस्तान्तरण कार्यक्रममा अमेरिकी सरकारका तर्फबाट एफबीआई अर्थात फेडरल ब्युरो अफ इन्भेष्टिगेसनका उपसहायक निर्देशक टीएन ड्युनह्यामले राजदुत खतिवडालाई बुझाएका हुन ।

दुतावासले सो मूर्ति ललितपुर जिल्लाको पाटन स्थित एक मन्दिरको भएको बताएको छ । दुतावासका अनुसार मध्यकालमा बनेको अनुमान गरिने सो मूर्तिको आकार ३३ दशमलव पाँच उचाई र १९ दशमलव दुइ पाँच चौडाइ रहेको छ । सो मूर्तिलाई अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल पुर्याइने दुतावासले जनाएको छ ।

हस्तान्तरण कार्यक्रममा राजदुत खतिडाले नेपालको सम्पदा नेपाललाई नै बुझाएर अमेरिकी सरकारले दुई देश विचको बहुपक्षीय सम्बन्धलाई अझै प्रगाढ बनाएको बताए । यसैगरि अमेरिकी उपसहायक विदेशमन्त्री एर्भिङ मेसिङ्गा र एफबीआइका उपसहायक निर्देशक ड्युनह्यामले नेपाल र अमेरिकाविचको सहकार्य अझै दरिलो र हितैसी बनाउने जनाए ।