मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकी नागरिकलाई खोप लगाउन राष्ट्रपति बाइडेनको आग्रह

अमेरिकी नागरिकलाई खोप लगाउन राष्ट्रपति बाइडेनको आग्रह


अमेरिका । अमेरिकी राष्ट्रपति बाइडनले सबै नागरिकलाई बिना हिचकिचाई खोप लगाउन पुनः आग्रह गरेका छन् । नागरिकले स्वतस्फूर्त नजिकका स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप नलिएमा खोपको लागि प्रशासन घरघरमा पुगेर भए पनि खोप अभियानलाई सम्पनन गर्ने र नागरिकलाई महामारीबाट सुरक्षा प्रधान गर्ने उनले बताएका छन् । 
 
जुलाईको चौंथो हप्तासम्ममा ७० प्रतिशत नागरिकलाई कोरानाविरुद्धको पहिलो मात्रा खोप लगाउने लक्ष्य पूरा गर्न बाइडन प्रशासनले घरदैलो कार्यक्रम सुरु गरिसकेको छ ।  
 
अति सङ्क्रामक मानिएको कोरोना भाइरसको ‘डेल्टा भेरियन्ट’ फैलन त्रास बढिरहेका बेला सबै नागरिकलाई खोप लगाउने आफ्नो लक्ष्य पूरा गर्न बाइडन प्रशासनले नयाँ कार्यक्रम ल्याएको हो ।
 
बाइडनले भने, “अब हामीलाई समुदायद्वारा समुदाय, छिमेकीद्वारा छिमेकी र घर–घर जानु जरुरी छ । साँच्चिनै दैलो दैलो पुगेर भाइरसबाट बाँकी नागरिकलाई पनि जोगाउन सकियोस् ।”
 
अमेरिकीहरूबीच खोप अभियानबारे सकारात्मक तथा नकारात्मक दुबै बुझाई रहेको पाइन्छ । सरकारको यस कार्यक्रमको आलोचकहरुले खोपको विश्वसनियातामाथि अविश्वास प्रकट गर्न पाउने बताएका छन् । सरकारले खोप उपलब्ध गराउनुपर्ने तर लगाउने नलगाउने निर्णय लिन व्यक्तिलाई स्वतन्त्रता दिनुपर्ने कोभिड–१९ विरूद्धको खोपका आलोचकहरूको भनाइ रहेको छ । 
 
अमेरिकामा खासगरी केही रिपब्लिकन सांसद र सदस्यहरू धेरै मानिससँग आफ्नै शरीरको एण्टीबडी हुने भन्दै खोप लिन बाध्य बनाउन नपाइने बताइरहेका छन् । कसैले खोप लगाउने–नलगाउने भन्ने विषय सरकारको सरोकार नभएको भन्दै उनीहरूले घर घर आउनेहरुलाई वेवास्ता गर्ने बताएका छन् । एपी