मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकाको उत्तर–पश्चिमी क्षेत्र र क्यानडामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित

अमेरिकाको उत्तर–पश्चिमी क्षेत्र र क्यानडामा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित


न्यूयोर्क । लामो समय पानी नपरेपछि अमेरिकाको उत्तरपश्चिमी इलाकाको ठूलो क्षेत्र तथा क्यानडामा अत्यधिक गर्मी बढेका कारण यहाँको जनजीवन प्रभावित भएको छ ।
 
अमेरिकी मौसम सेवा (एनडब्लुएस) ले तापक्रम अत्यधिक हुने र गर्मी अझै बढ्ने चेतावनी दिएको छ । वासिङ्टन तथा ओरिगन राज्यसहित क्यालिफोर्निया र आइडाहो राज्यका केही क्षेत्रमा गर्मी तथा तातो हावाका कारण जनजीवन प्रभावित भएको हो । ओरिगन राज्यको मुल्ट्नोमाह काउन्टीले ‘जीवनमाथि नै गम्भीर चुनौति दिने’ खालको गर्मी हुन सक्ने चेतावनी दिएको छ ।
 
केही सहरहरूले स्थानीय बासिन्दाहरूका लागि वातानुकुलित क्षेत्रमा बस्न पाउने सुविधासहितका शितल केन्द्रहरू खुला गरेका छन् । अमेरिकाको उत्तर पश्चिम र क्यानडामा केही सातादेखि निरन्तर तापक्रम बढ्दै गएको बताइएको छ । विज्ञहरुले जलवायु परिवर्तनका कारण यस्तो खालका अति गम्भीर मौसमी अवस्था थप बढ्न सक्ने बताएका छन् । 
 
विज्ञहरुले जलवायु परिवर्तनका कारण बढ्दो क्रममा रहेका बाढी, आँधी तथा अत्यधिक गर्मी जस्ता घटनाहरुले धेरैको ज्यान लिन सक्ने चेतावनी दिँदै आएका छन् ।
 
एनडब्लुएसले अझै केही दिन तापक्रम बढ्न सक्ने बताएको छ । वासिङ्गटन र ओरिगन राज्यमा तापक्रम औषतभन्दा २०–३० डिग्री फरेनहाइटभन्दा माथि रहन सक्ने जनाइएको छ ।
 
सियाटल र पोर्टल्याण्डमा आइतबार र सोमबार दुवै दिन अहिलेसम्मकै उच्च तापक्रम रहन सक्ने चेतावनी दिइएको छ । सियाटलमा शनिबारको तापक्रम १०१ डिग्री फरेनहाइट पुगेको थियो, यो जुन महिनामा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम हो । सिन्ह्वा