मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

उभौली साकेला र किरात यले सम्बत ५०८१ को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न

उभौली साकेला र किरात यले सम्बत ५०८१ को अवसरमा शुभकामना कार्यक्रम सम्पन्न


शेयर गर्नुहोस:

648
Shares

  • change font
  • change font
  • change font

न्युयोर्क (अमेरिका)- अमेरिकामा सक्रिय संस्था युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाले किरात राईहरुको महान चाड उभौली साकेला २०२१ र किरात यले संवत ५०८१ को उपलक्ष्यमा संसारभरी छरिएर रहेका राई समुदायहरुसंग शुभकामना आदन प्रदान गरेको छ ।  
 
भच्र्युअल  माध्यममा गरिएको कार्यक्रममा विभिन्न देशबाट किराती राईहरुका अगुवाहरुको सहभागिता रहेको थियो । शुभकामना कार्यक्रमका मुख्य आकर्षण भारतको सिक्किम राज्यका मुख्यमन्त्री डा. पवन चाम्लिङ राई रहेका थिए । पूर्व ुमख्यमन्त्री राईले किरातीहरु प्रकृति पुजक भएकोले मानव सभ्यताको शुरुवात हाम्रो पुर्खाले गरेकोले विश्व सामु चिनाउन सक्नुपर्नेमा जोड दिएका थिए ।

चाम्लिङ्गले विश्वले सामना गरिरहेको विश्वव्यापी तापक्रम बृद्धि, मौसम परिवर्तनका कारण मानव अस्तित्व संकटमा पर्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए । उनले प्रकृतिको बिरुद्धमा मानव समुदायनै लागेकोले यस्तो संकट आएको दावी गरे । चाम्लिङले किरात राईहरुको विविधतालाई एकता गर्नकोलागि आफ्नो जुनसुकै सहयोग रहने बताए । सो कार्यक्रमका बिशेष अतिथि संयुक्त रास्ट्रसंंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदुत अमृत राईले साकेला अब अन्तर्रास्ट्रियकरण भैसकेकोले यो गर्व गर्नुपर्ने भन्दै आफ्नो भाषा र संस्कृतिलाई विश्वभरी फैलाउनु पर्नेमा जोड दिए । 

Advertisement
 
त्यसैगरी बिशेष अतीथी जर्मनका लागि नेपालका पुर्व राजदुत डा नोबल किशोर राईले साकेलाको उपलक्ष्यमा शुभकामना दिएका थिए । अर्का बिशेष अतिथि किरात राई यायोख्खाका केन्द्रिय सभापती दिवश राईले किरात राईहरुको भाषा ३० प्रकारको रहेको र संसारमा एकै जातीको यती धेरै भाषा भएको अन्य समुदाय नभएको दावी गरे  । 
कार्यक्रमको प्रमुख वक्ता गायक संगीतकार तथा किराती संस्कृतीविद जितेन राईले संसार भरी छरिएर रहेपनि राई समुदायलाई परेको बेला सहयोग गर्नुपर्नेमा जोड दिए । त्यसैगरि बिशेष अतिथि एवं नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले शुभकामना मन्तब्य दिंदै पहिचानको लागि सम्पूर्ण आदिवासी जनजातिहरु एकतावद्ध हुनपर्ने बताए ।

अर्गनाइजेसनका संस्थापक अध्यक्ष शिब कुमार राईले सन् २००३ सालतिर अमेरिकाको न्यु जर्सी राज्यमा एक राईनी चेली बितेको तर राई हरुलाई थाहा नभाकोले शेर्पा समुदायले दाह संस्कार गरेको खबर आयो त्यस पछि अमेरिका भरिका राईहरुलाई संगठितगरि संस्थाको स्थापना गरिएको सम्झेका थिए । अर्का वक्ता अर्गनाइजेसनका पुर्व अध्यक्ष बिष्णु राई, अर्गनाइजेसनका पुर्व सभापति मिलन राई, जनक राई पुर्व प्रहरी आइजी पी दुर्ज कुमार राई, पुर्व एसएसपी तथा अधिवक्ता किवांग हाङ्ग राई, अभिनेता दया हाङ्ग राई, चलचित्र निर्माता निर्देशक युब राज राई, लगायतका व्यक्तित्वहरुले आफ्नो धारणा राखेका थिए । 

 
यसैगरि  किरात राई यायोख्खाका अन्य देशबाट प्रतिनिधित्व गर्नेहरु कल्पना राई युके, मिलन राई बहराइन, मन्जित राई कुवेत, बिमल राई, एक राज राई कतार, कुमार साङ्गपाङ्ग राई इजरायल, चन्द्र सांगपाङ्ग राई युएइ, रबिन थुलुङ्ग साउदी अरब, भिम राई मकाउ, यादब राई थाईल्याण्ड, पदम राई कोरिया लगायत थिए । त्यसैगरि ज्ञान किराती बान्तवा खिम नेपाल, सक्कल बहादुर राई किरात रदु नाछिरिंग साखाम नेपाल, राम राई, भारती राई किरात राई समाज अमेरिका, बिनिता खम्बु किरात राई खम्बु राई सांस्कृतिक संस्थान दार्जिलिङ भारत, मोहन दुङ्गमाली प्रमुख संरक्षक, पारुहांग साप्टेन माङ्गखिम सिक्किम भारत, निर्कु धन राई थुलुङ्ग राई संस्कृति प्रतिष्ठान नेपाल, बीबी बोक्दुंग राई सिक्किम भारत, योगेन्द्र राई, शशिचन्द्र राई र संजय राई, किरात खम्बु राई सोसाइटी अस्ट्रेलिया, भूप राज राई पुर्व उपसचिव नेपाल सरकार, कुमारी कमला राई प्रधान अध्यापक जन कल्याण माबि काठमान्डू, कबि राज बान्तवा युनाइटेड एकेडेमी ललितपुर नेपालको पनि उपश्थिति रहेको थियो ।

कार्यक्रमको स्वागत भाषण साकेला कार्यक्रम २०२१ को संयोजक तथा अर्गनाइजेसनका उपाध्यक्ष जी एस राईले गरेका थिए । सभाको अध्यक्ष्यता संस्थाकी सभापति मुना राईले गरेकी थिइन । दुइ चरणको कार्यक्रमको संचालन केन्द्रीय महासचिव जय राई र न्यु इंग्ल्याण्ड च्याप्टर अध्यक्ष मुक्ती नारायण राईले गरेका थिए ।

 

शेयर गर्नुहोस:

648
Shares