मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

एएनएको अगुवाईमा हुने अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा

एएनएको अगुवाईमा हुने अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एएनएको अगुवाईमा हुने अमेरिकामा नेपालीहरुको राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको जानकारी  आयोजक मध्येको संस्था एएनएका अध्यक्ष विजयराज भट्टराइले गराउनुभयो। भट्टराइका अनुसार जुलाई ३ र ४ मा गरेर ७ वटा बिशेष भर्चुवल कार्यक्रम गर्न लागिएको छ।
 
अमेरिकामा संघ संस्थाको इतिहासमा जुलाई महिनालाई एएनएको महिना पनि भन्ने गरिन्छ। सन १९८३ को स्थापनाकाल देखि नै जुलाई ४ को सप्ताहन्त यस संस्थाले बिबिध कार्यक्रम तथा सम्मेलन आयोजना गर्दै आइरहेको छ। गत बर्षबाट अमेरिकामा रहेका ठूला ठूला संस्थाहरुको आयोजनामा शुरु गरिएको नेपाली नेशनल कन्भेन्सन यस बर्षबाट सोही मितिमा गरिने भएको छ। 
 
यस कार्यक्रमको आयोजकहरुमा असोसिएसन ओफ़ नेप्लिज इन अमेरिका  (एएनएको), असोसिएसन ओफ़ नेप्लिज इन मिडवेष्ट अमेरिका (आन्मा) र अन्तर्राष्ट्रिय साहित्य समाज (अनेसास) रहेका छन। यस अघिका सम्मेलनहरुमा स्थानीय संघ संस्थाहरुलाई समेत सह-आयोजक बनाई गरिदै आएको भएपनि यस पटकको कार्यक्रम भर्चुवल भएको हुदा सह-आयोजक नराखिएको जानकारी सम्मेलनकी कन्भेनर डा. उषा शर्माले गराउनुभयो। 
 
यी कार्यक्रमहरुमा संसारका बिभिन्न देशमा रहेको प्रबुद्ध नेपालीहरु, आ-आफ्नो बिषयमा विज्ञता प्राप्त व्यक्तिहरु समेटेर बिशेष जानकारी मूलक कार्यक्रमहरु राखिएको छ। उक्त कार्यक्रमहरु बिभिन्न संचार माध्ययमहरुबाट लाइभ हुनेछन।  सम्मेलनको सम्पूर्ण इभेण्टहरुको पूर्ण तयारी भैसकेको छ र हाम्रा सवै कार्यक्रमका प्यानलिष्टहरुको बारेमा बिष्तृत जानकारी क्रमश: गराउदै जानेछौ सम्मेलनका सेक्रेटरी डा. चुडामणि खनालले भन्नुभयो। 
 
कार्यक्रमको बिस्तृत जानकारी निम्न अनुसार रहेको छ।