मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

गाडीको ठक्करबाट निधन भएका देवराज सापकोटाको अन्तिम संस्कारका लागि सहयोगको अपिल

गाडीको ठक्करबाट निधन भएका देवराज सापकोटाको अन्तिम संस्कारका लागि सहयोगको अपिल

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलोराडो, अमेरिका । कोलोराडो बोल्डर निवासी देवराज सापकोटाको बाटो काट्ने क्रममा अप्रिल १९ तारिकका दिन गाडीले ठक्कर दिँदा मृत्यु भएको  बोल्डर काउन्टी कोरोनरको कार्यालयले जनाएको छ ।
 
बोल्डरस्थित काठमाडौँ रेस्टुरेन्टमा कार्यरत देवराजलाई लुइजभिलस्थित यूएस ३६ मा बाटो काट्ने क्रममा गाडीले ठक्कर दिँदा मृत्यु भएको कोलोराडो स्टेट पेट्रोल टुपर गेरी कट्लरले जनाएका हुन्  । सापकोटाका नजिकको आफन्त यहाँ कोही नभएका कारण पोस्टमार्टम भइसक्दासमेत पार्थिव शरीर कसैलाई हेर्न दिइएको छैन ।
 
धादिङको जिल्ला निलकण्ठ नगरपालिका ४ अल्छीडाडा घर भएका सापकोटा भाग्यको खोजीमा ६ वर्ष अगाडि अमेरिका आइपुगेका थिए । घरमा ८० वसन्त पार गरेका आमाबुबा, श्रीमती र सानो छोरालाई छोडेर अमेरिका आएका सापकोटाको निधनको खबरले परिवारमा ठूलो वज्रपात परेको छ ।
 
उनको अन्तिम दाहसंस्कार सम्पन्न गर्न उनको परिवारलाई नेपालबाट झिकाउने पहल भइरहेको एनआरएन कोलोराडो च्याप्टरका अध्यक्ष आरसी पन्तले बताएका छन् । 
 
यी सबै प्रक्रिया सम्पन्न गर्न कोलोराडोस्थित सबै सामाजिक संघसंस्था, समाजसेवीहरुको सुझावअनुसार आर्थिक सहयोग संकलन गर्न धादिङ नेपाली समाज अमेरिका र एनआरएन कोलोराडो च्याप्टरको संयुक्त नाममा गोफण्ड मी खोल्ने निर्णय भएअनुसार गोफन्ड मी खोलिएको अध्यक्ष पन्तले बताएका छन् ।