कोलोराडो (अमेरीका)- कोलोराडोमा कृयासिल लङमन्ट हिमालयज् लायन्स क्लबको आयोजनामा आईतबार घरबार बिहिन स्थानीयलाई नेपाली खाना बितरण कार्यक्रम सम्पन्न भयो ।
लङमन्ट नगर स्थित आवर सेन्टरमा आयोजित खाना बितरण कार्यक्रममा घरबार बिहिन स्थानीयहरुले नेपाली खाना दाल, भात, मासु, तरकारी र खीर र दहीको स्वाद लिई खुशी साथ खाएका थिए । खाना बितरण कार्यक्रमलाई सफलताका साथ सफल पार्न लायन्सका पदाधिकारी र समाज सेवीहरुको सकृय सहयोग र सहभागिता रहेको थियो ।
आईतबार ११.३० देखि सुरु भएको खाना बितरण कार्यक्रम दिउसो १ बजे सम्म संचालन भएको थियो । बितरित खाना लायन्सका पदाधिकारी तथा समाजसेवीहरुले घर घरमा तयारपारी ल्याएर बितरण गरेका थिए ।
खाना बितरण स्थल आवर सेन्टरमा बिहान ९ बजे देखि नै आयोजक लङमन्ट हिमालयज लायन्स क्लबका पदाधिकारी, स्थानीय समाजसेवी आवर सेन्टरका सुपरभाईजर लगायतका व्याक्तिहरु सक्रिय रुपमा स्वयंसेबक भई काम गरेका क्लवका अध्यक्ष संजय श्रेष्ठले बताएका छन् ।
लङमन्ट हिमालयज् लायन्स क्लबको सकृयतामा बिगत ७ बर्ष देखी अग्रेजी नयाबर्ष र नेपाली नयाबर्षको उपलक्ष्यमा बर्षको दुई पटक स्थानीय घरवार बिहिनलाई नेपाली खाना बितरण गरिदै आएको क्लबका सचिब जोशन श्रेष्ठले बताएका छन् । क्लबले कर्मभुमी अमेरिकामा र जन्म भुमी नेपालमा यस्ता दर्जनौं सामाजिक कृयाकलापहरु गर्दै आएको छ ।
प्रतिक्रिया