ड्यालस(टेक्सस)- ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल विजयराज भट्टराइले आउदो जुलाइको २ र ३ मा टेक्ससको ड्यालसमा हुन लागेको ए.एन.ए. को सम्मेलनको कार्य व्यस्तताको कारण स्कूलको दैनिक गतिविधिमा पर्याप्त समय दिन गाह्रो भएको भन्दै भाइस -प्रिन्सिपल पशुपति तिम्सिनालाई कार्यवाहकको जिम्मेवारी दिएका छन।
ग्लोबल नेपाली पाठशालाका प्रिन्सिपल भट्टराइअमेरिकाको सवैभन्दा जेठो राष्ट्रिय संस्था एएनएका उत्तरी अमेरिकाकै अध्यक्ष समेत हुन। यो कार्यवाहक प्रिन्सिपलको जिम्मेवारी आगामी तीन महिनाको लागी दियिएको पत्रमा जनाइएको छ।
भट्टराइले आजै बिद्यालय संचालन कमिटिको मिटिङ्ग राखि सवैलाई जानकारी गराएर कार्यबाहक दिएका हुन। बिभिन्न ७ वटा बिषयहरुमा पढाइ हुदै आएको यस ग्लोबल नेपाली पाठशालामा लगभग ३०० बिध्यार्थीहरु अध्ययनरत छन।
अहिले ग्लोबल नेपाली पाठशालामा अमेरिकाका १५ राज्यहरु र नेपालका बिध्यार्थीहरु अध्ययनरत छन। साथै स्कूलले अष्ट्रेलियामा समेत आफ्नो शाखा संचालन गर्दै आइरहेको छ। नेपाल बाहिर नेपालीद्वारा संचालित यो सवैभन्दा ठूलो पाठशाला हो। बिगतमा एउटै सेमेस्टरमा ४१५ जना सम्म बिध्यार्थीहरु भर्ना भएका छन।
![](/storage/photos/1/Dallas/NST School Acting Principal Letter.png)
![](/storage/photos/1/Dallas/NST School Acting Principal Letter.png)
![](/storage/photos/1/10 ten photoes 2020/Banner_Blood_donation_NEAJA_Last_final_final.jpg)
प्रतिक्रिया