वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र ‘हास्यास्पद’ भएको टिप्पणी गर्दै यसलाई यथावत् कायम राख्न नसकिने बताएका छन् । टर्कीको राजधानी अङ्कारामा जुलाई ७–८ मा हुने नाटो शिखर सम्मेलनअघि ट्रम्पको यो अभिव्यक्तिलाई गठबन्धनभित्रको बढ्दो मतभेदका रूपमा हेरिएको छ । ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ सामाजिक सञ्जालमार्फत नाटोसँग अमेरिकाको सम्बन्ध पारस्परिक नभएको…