अमेरिका समाचार

निकटतम प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले जनसम्पर्कमा नेम्वांग विजयी

निकटतम प्रतिद्वन्द्वी भन्दा दोब्बर बढी मतले जनसम्पर्कमा नेम्वांग विजयी



भर्जिनिया – नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा न्यूयोर्कका मुनेन्द्र नेम्वाङ्ग निर्वाचित भएका छन् ।
सन् २०१४ मा टेक्ससमा भएको दोश्रो अधिवेशनको १२ वर्षपछि यहि अगष्ट १४,१५ र १६ तारिखमा भर्जिनियाको तेश्रो अधिवेशन भएको हो । यो अधिवेशनले नेम्वाङ्गलाई अध्यक्षमा निर्वाचित गरेको हो । नेम्वांग आफ्नो प्रतिस्पर्धी भन्दा झण्डै दोब्बर मत ल्याएर विजयी भएका हुन् ।
शनिवार साँझ भएको निर्वाचनमा नेम्वाङ्गले २६६ भोट प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वीले १३८ मत मात्र प्राप्त गरेका थिए । सभापति पदमा नेम्वाङ्ग सहित अमृत सापकोटा,सन्तोष पहारी,धु्रव गौतम, सिपि पौडेल र वेद खरेलले उमेदवारी दिएका थिए ।

Advertisement

यसैगरि वरिष्ठ उपाध्यक्षमा विनोद भट्ट निर्वाचित भएका छन् । उनले १३२ मत प्राप्त गरेका थिए । उपसभापतिमा सञ्जीव श्रेष्ठ ( २३५),श्रीराम थापा ( १८०) ,हरि शर्मा (१७८) र निमा बोम्जनले १४८ मत ल्याएर विजयी भए । यसैगरी युवा उपसभापतिमा सुशील खत्रीले २४१ मत ल्याएर विजयी भए ।
महामन्त्रीमा नारायण खनाल (२०४) र गौतम दाहालले १८४ मत ल्याएर विजयी भएका छन् ।
निर्वाचनमा सहमहामन्त्रीको पदमा अनिता परियार (१६९) र अर्जुन वम १६० मत ल्याएर विजयी भएका छन् । यसैगरी कोषाध्यक्षमा नारायण पी पोख्रेलले १६३ मत ल्याएर विजयी । नव गठित कार्यसमितिमा १६ सदस्य केन्द्रीय समितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । जस्मा खेमराज वास्तोला,हरि पी खनाल,राजु पीएस रौनियार, देवराम ओली,पवन शर्मा, वलवहादुर केसी,मीन वहादुर खडका,वेगवहादुर हमाल, लोकनाथ तिम्सिना, विश्वमान आङ्गदेम्बे निर्वाचित भएका छन् । यसैगरी राजेन्द्र रेग्मी,दिनेश दागी,नवराज न्यौपाने,रोशनकुमार ढुंगाना,नेत्र केसी र अनिल आर पाण्डेय निर्वाचित भएका छन् ।
कूल डेलिगेट ८४७ रहेकोमा ४७३ डेलिगेटले भर्जिनियाको सम्मेलनमा सहभागीता जनाएका थिए ।
निर्वाचन सम्पन्न गर्न भक्त थापाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । जसमा दिप्ति राजभण्डारी,दीपक गौतम,सुवोध रेग्मी र मोहन वाइवा सदस्यको रुपमा कार्य गरेका थिए ।
शनिवार विहान भएको उदघाटन सत्रमा नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे, सहमहामन्त्री प्रकाश रसाईली र केन्द्रीय सदस्य वाला अधिकारीले सम्बोधन गरेका थिए । कार्यक्रमलाई मेरिल्याण्ड राज्यका डेलिगेट डा. ह्यारी भण्डारी, जनसम्पर्क समिति अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जिसी, पूर्व अध्यक्ष आनन्द विष्ट लगायतले सम्वोधन गरेका थिए ।


जनसम्पर्क समिति अमेरिकामा नेपालको प्रजातान्त्रिक आन्दोलनमा योगदान पुरयाएका, प्रजातान्त्रिक परिपाटीमा आस्थावन र नेपाली कांग्रेस प्रति झुकाव राख्ने विभिन्न राज्यमा वसोवास गर्दे आएका व्यक्तिहरु आवद्ध रहेका छन् । जनसम्पर्क समिति अमेरिकाको पूर्व अध्यक्षमा सुरेन्द्रराज देवकोटा, खगेन्द्र जिसी र आनन्द विष्ट रहेका छन् । यसैगरी सन् २०१४ को निर्वाचन सम्पन्न गराउन विष्णु सुवेदीको संयोजकत्वमा र सन् २०२६ को अधिवेशन गराउन धनञ्जय नरसिं केसीको संयोजकत्वमा समिति गठन भएको थियो ।


विभिन्न च्याप्टरमा आवद्ध जनसम्पर्क समितिमा करिव पाँच हजार व्यक्तिहरु आवद्ध भएको आयोजकहरुको भनाई रहेको छ ।