मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कैंची प्रहार गरी श्रीमतीको हत्या

कैंची प्रहार गरी श्रीमतीको हत्या


दिपायल सिलगढी नगरपालिका–३ दिपायलका कृष्ण नेपालीले कैंची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । 
 
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायब निरीक्षक कमलापति पन्तले दिएको जानकारीअनुसार नेपालीले श्रीमती अन्दाजी ४० वर्षीया मीना नेपालीलाई लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन् ।
 
सोमबार राति घरायसी झगडा हुँदा कृष्णले श्रीमती मीनाको घाँटी र ढाडमा लुगा काट्ने कैंची प्रहार गरी हत्या गरेका हुन् । 
 
हत्या गर्ने कृष्ण नेपालीलाई पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।