मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यसकारण खानुहोस् रायोको साग

यसकारण खानुहोस् रायोको साग


रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।
 
रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ ।
 
पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।
 
रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।
 
बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ ।