मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको चुनाव स्थगित

एनआरएनको चुनाव स्थगित


हिमालय खबर संबाददाता
न्यूयोर्क (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरए) अमेरिकाको चुनाव स्थगित भएको छ । 
 
निर्वाचन समितिले मंगलबार दिउँसो सूचना जारी गरेर अर्को सूचना नभएसम्मका लागि भन्दै चुनाव स्थगित गरेको हो । ‘हामीले निर्वाचन कार्यक्रम स्थगित गरेका छौँ । अरु सूचना छिटै प्रकाशित गर्नेछौँ,’ सूचनामा भनिएको छ ।
 
के कारणले निर्वाचन स्थगित गरिएको हो निर्वाचन समितिले केही उल्लेख गरेको छैन । निर्वाचन हुनभन्दा तीन दिन अघि प्रकृया रोकिएको हो । निर्वाचन निकै नजिक आएकाले कयौँ उम्मेदवार चुनाव प्रचार प्रसारकै क्रममा थिए । सामाजिक सजालमा मंगलवार सम्मपनि भोट मागिरहेका थिए ।
 
एनआरएन अमेरिका र आईसीसीको विद्यान  नमिल्दा निर्वाचन समिति दबाबमा परेको थियो । मनोनयन पत्र दाखिला गरे पनि उम्मेदवार सूचीमा नपरेका अध्यक्ष पदका प्रत्यासी  गौरी जोशी र महासचिव पूर्ण बानियांले संयुक्त रूपमा निर्वाचन समितिलाई विपक्षी बनाई मुद्दा दायर गरेका थियो । 
 
गौरी जोशीले सोमवार अदालतले अन्तरिम आदेश जारी गरेको हिमालयखवरलाई जानकारी दिएका थिए । यो समाचार हिमालयखवरले सोमवार सार्वजनिक पछि धेरैले अमेरिकाको एनआरएनको भविष्यका बारेमा चासो राखेका थिए । 
 
निर्वाचन स्थगित सँगै एनआरएन अमेरिकामा नयाँ नेतृत्व चयन प्रकृया अन्यौलमा परेको छ ।  अक्टोबरमा नेपालमा हुन लागेको आईसीसीको केन्द्रीय भेलासम्म पनि नयाँ नेतृत्व आउँछ भन्नेमा आशंका छ । निर्वाचन रोकिदां एनआरएन अमेरिकाका करिब १५ हजार सदस्य आफ्नो प्रतिनिधि छान्नवाट वञ्चित भएका छन् ।
 
यो निर्वाचनमा २ सय जना भन्दा बढी उम्मेदवार चुनावी मैदानमा थिए । यस मध्ये कयौँ निर्विरोध चयन भईसकेका थिए । अध्यक्ष पदमा उम्मेदवारीका लागि निवेदन दिएका गौरी जोशी उम्मेदवार बन्न पाउने नपाउने मुख्य मुद्दा भइरहेको थियो ।
 
केही उम्मेदवारहरुले भने निर्वाचन स्थगित भएकोमा आक्रोस व्यक्त गरेका छन् । धेरैले अहिलेको विवादले एनआरएन अमेरिकालाई अन्यौलमा पारेको मात्र होइन थप कमजोर बनाएको प्रतिकृया दिएका छन् । आईसीसीले भने यसवारमा खासै चासो राखेको छैन ।
 
 
टेनेसी अदालतको अन्तरिम आदेशको पूर्ण फैसला सहित
अमेरिकी अदालतको अन्तरिम आदेशका कारण स्थगित एनआरएन अमेरिकाको निर्वाचन छिटो हुने सम्भावना टरेको देखिन्छ । अध्यक्षपदमा मनोनयन पत्र हाल्ने गौरी जोशी र महासचिव पदमा मनोनयन गर्ने पूर्ण वानिया द्धारा निर्वाचन समिति संयोजक र सदस्यलाई प्रतिपक्ष बनाई दायर उक्त मुद्दामा टेनेसि अदालतले अर्को आदेश नआउंदा सम्म सबै प्रकारका निर्वाचन प्रक्रिया रद्द गर्न आन्तरिम आदेश जारी गरिएको छ । 
 
एनआरएन अमेरिका निर्वाचन समितिका नाममा यस्तो आदेश जारी भएको हो । एनआरएन अमेरिका ५०१ सी अर्थात् कर मुक्त संस्थाका रूपमा अमेरिकामा दर्ता छ । यो संस्था टेनिसी कोर्टको दायरा भित्र पर्ने हुदां त्यहाँ मुद्दा हालिएको हो । एनआरएन अमेरिका यहाँ दर्ता भए पनि एनआरएनए आईसीसीलाई प्रतिनिधित्व गर्छ । एनआरएनए नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको संस्था हो । यो विश्वका ७४ देशमा फैलिएको छ । 
 
यो आदेशका बारे विपक्षीको भनाई पनि सुन्ने अदालतको आन्तरिम आदेशमा उल्लेख छ । निर्वाचन समितिले पनि यसका लागि आफ्नो भनाई राख्न वकिल तोकिसकेको बताइएको छ । एनआरएन अमेरिकासंग सम्बन्धित उक्त अदालतमा परेको यो दोस्रो मुद्दा हो । दुई वर्ष अघि परेको पहिलो मुद्दाको अहिलेसम्म फैसला भएको छैन । 
(टेनिसी अदालतको फैसलाको पूर्ण पाठ)