मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कान्तिपुर पव्लिकेशन्सको कुल वित्तीय कारोबार करिब १ अर्ब ५७ करोड रुपैंया

कान्तिपुर पव्लिकेशन्सको कुल वित्तीय कारोबार करिब १ अर्ब ५७ करोड रुपैंया


हिमालयखवर संवाददाता
काठ्माडौ(नेपाल)- अनलाइन मिडियाको बढ्दो दबदवा, समाजिक सञ्जाल लगायतको प्रभाव नेपालका सञ्चार माध्यममा पनि देखिन सुरु गरेको छ । देशकै सबैभन्दा ठुलो मिडिया हाउस कान्तिपुर पव्लिकेसन्स प्रालिको २०७२ रु ७३ र यस अघिको आर्थिक वर्षको वित्तीय कारोबार विवरणले पनि यही देखाउंछ । 
 
कान्तिपुर पव्लिकेशन्सले आन्तरिक राजस्व कार्यालय काठमाडौमा वुझाएको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७२/७३ मा कान्तिपुरले कुल १ अर्ब ५६ करोड ८४ लाख १५ हजार ५६२ रुपैंया ५२ पैसाको कारोबार गरेको छ । यो कारोबारवाट १७ करोड ६६ लाख ७८ हजार ७९१ रुपैंया ९४ पैसा नाफा भएको जनाउंदै कान्तिपुरले ४ करोड ४१ लाख ६९ हजार ६९७ रुपैंया ८७ पैसा आयकर तिरेको छ । कान्तिपुरले उक्त आर्थिक वर्षको वित्तीय विवरण २०७३ पुसमा मात्र वुझाएको थियो । 
 
कान्तिपुरको यो वित्तीय कारोबार यस अघिको आर्थिक वर्ष भन्दा कम हो । आर्थिक वर्ष २०७१/७२ मा कान्तिपुरको कुल वित्तीय कारोबार १ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६ सय ३१ रुपैंया ११ पैसा थियो । यो कारोबार वाट जम्मा १६ करोड ६२ लाख ५ हजार ५७९ रुपैंया ३९ पैसा नाफा भएको जनाउंदै कान्तिपुरले उक्त वर्ष ४ करोड १५ लाख ५१ हजार ३९५ रुपैंया कर तिरेको थियो । उक्त आर्थिक वर्षको वित्तीय कारोबार विवरण पनि पुसको अन्तिममा कान्तिपुरले राजस्व कार्यालयलाई वुझाएको थियो । 
 
कारोबार र आय बिच ठुलो अन्तर कसरी भयो ? आन्तरिक राजस्व कार्यालय अधिकारीहरुका अनुसार कान्तिपुरले विदेशबाट कागज ल्याउंदै बढी पैसा खर्च भएको देखाएको छ । 
 
कान्तिपुरले कागज युरोप लगायत विभिन्न देशबाट आयात गर्छ । कान्तिपुर नेपालको सबैभन्दा ठुलो वित्तीय कारोबार गर्ने सञ्चार संस्था हो । यसले विगत केही वर्ष यता कर्मचारीलाई लगातार बोनस दिदैं आएको छ । कान्तिपुरको बार्षिकोत्सब फागुन ७ गते बोनस सार्वजनिक गर्ने प्रचलन छ । तर, बोनस दिदां के कति नाफा भयो त्यो भने सार्वजनिक गरिदैंन । गत आर्थिक वर्षको वित्तीय कारोबारको विवरण आउनु बाँकी छ । 
 
कान्तिपुर पछि सबैभन्दा बढी वित्तीय कारोबार गर्ने मिडिया हाउसमा नागरिक लगायतका प्रकाशन रहेको नेपाल रिपब्लिक मिडिया  प्रालि हो । तर रिपब्लिक मिडियोको वित्तीय कारोबार भने कान्तिपुर भन्दा निकै कम छ । यो संस्थाको वार्षिक वित्तीय कारोबार ४५ करोड रुपैंया भन्दा तल रहेको जनाइएको छ । यस पछि अन्नपूर्ण पोष्ट र नयाँ पत्रिका छन् । नेपाल रिपब्लिक, अन्नपूर्ण पोष्ट र नयाँ पत्रिका प्रकाशन समूहको कुल वार्षिक कारोबार झण्डै १ अर्ब रुपैंया जतिमात्र छ । 
 
मिडियाको मुख्य आम्दानी विज्ञापन हो । नेपालमा अहिले करिब ५ अर्बको विज्ञापन बजार रहेको अनुमान छ । यो विज्ञापन बजारमा बिस्तारै अनलाइन मिडियाहरुले आफ्नो प्रभाव विस्तार गर्न थालेका छन् । सेतोपाटी, बाह्रखरी, अनलाइनखवर, रातोपाटी लगायतका थुप्रै समाचारमुलक अनलाइनले आफ्नो प्रभाव विस्तार गरिरहेका छन् । नागरिक, कान्तिपुर लगायत ठुला मिडिया हाउसको पनि आफ्नै अनलाइन छ ।