मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो : गृहमन्त्री लेखक

जलवायु परिवर्तनका कारण प्राकृतिक प्रकोपको समस्या पेचिलो बन्यो : गृहमन्त्री लेखक


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जलवायु परिवर्तनले प्राकृतिक प्रकोपहरूलाई अझ पेचिलो बनाउँदै गएको बताएका छन् । काठमाडौँमा बिहीबारदेखि सुरु भएको तेस्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण सम्मेलनको उद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले विपद् जोखिम न्यूनीकरण आजको आवश्यकता भएको बताए ।

“मुलुक भौगोलिक, प्राकृतिक र सामाजिक दृष्ट्रिकोणले विविधतायुक्त देश हो, यहाँको भू-भाग, जलवायु र वातावरणीय संरचनाले गर्दा हाम्रो देशमा प्राकृतिक र मानव सिर्जित विपद्को सम्भावना धेरै छ ।” उनले भने-“ विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरुरी छ ।”

Advertisement

उनले संघदेखि स्थानीय तहका वडा स्तरसम्म विपद् जोखिम न्यूनीकरण सम्बन्धी संरचनालाई बलियो बनाउन आवश्यक रहेको उनको भनाई छ ।

मुलुक विपद् जोखिमको पनि उच्च जोखिममा रहेको भन्दै गृहमन्त्री लेखकले सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्नुपर्नेमा जोडसमेत दिए ।

“ देशभरका बहु–क्षेत्रीय र बहु–आयामिक साझेदारहरूलाई एकै ठाउँमा ल्याएर विपद्का चुनौतीहरूको विश्लेषण र समाधानका रणनीति तयार गर्ने यो सम्मेलन आफैमा महत्त्वपूर्ण रहनेमा विश्वस्त छु ।” उनले भने–“ नेपाल प्राकृतिक र मानवीय कारणले सिर्जित विपद् जोखिमका लागि संसारकै उच्च संवेदनशील मुलुकहरूमध्ये एक हो । हिमाल, पहाड, र तराई जस्ता विविध भूगोलले भरिएको छ, जसले हामीलाई प्राकृतिक सम्पदामा धनी बनाए पनि जोखिमको दृष्टिकोणले निकै संवेदनशील बनाएको ईतिहाँस छ ।”

उनले जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा उल्लेख्य वृद्धि भएका बाढी, पहिरो, चट्याङ, र अन्य जलवायुजन्य विपद् झन् जटिल हुँदै गएको बताए ।

“ विपद्हरूले हामीलाई जलवायु परिवर्तनका चुनौतीहरू प्रति थप संवेदनशील बनाएको छ ।” उनले भने–“ विपद् व्यवस्थापनका लागि हाम्रो दृष्टिकोण बहु आयामिक र वैज्ञानिक हुनु आवश्यक छ ।” गृहमन्त्री लेखकले समुदायमा आधारित दृष्टिकोण,विपद् जोखिम न्यूनीकरणका लागि समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए । “ स्थानीय तहमा विपद् व्यवस्थापन योजना निर्माण, क्षमता अभिवृद्धि र जनचेतना अभियानलाई प्राथमिकता दिनुपर्छ ।” उनले भने–“ प्रकोप व्यवस्थापन सम्बन्धी नीति तथा ऐनलाई बलियो बनाउनुका साथै त्यसको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक छ ।”

प्राकृतिक प्रकोपको पूर्वानुमान गर्न सकिने प्रविधि र सूचना प्रणालीलाई सुदृढ गर्दै विपदबाट हुने क्षति न्यून गर्न सकिने उनको भनाई थियो । नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि नीति निर्माण र संरचनात्मक सुधारहरूमा उल्लेखनीय प्रगति गरेको उनले जानकारी दिए ।

शेयर गर्नुहोस:

108
Shares