मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

अमेरिकामा पक्राउ परियो के गर्ने ?

अमेरिकामा पक्राउ परियो के गर्ने ?


हिमालयखवर संवाददाता 
अमेरिका- टेक्ससमा केही दिन अगाडी संघीय अधिकारीहरुले छापा मार्दा एक जना नेपाली विद्यार्थी पनि परेको अपुष्ट समाचार आयो । ती विद्यार्थीका आफन्तले हिमालयखवरसँग सम्पर्क गरी रेष्टुरेण्टमा काम गर्दा इमिग्रेसन मामिलासँग सम्वन्धित इमिग्रेसन एण्ड कस्टमस् इफ्रोसमेण्ट (आईसीई)ले समातेर नेपाल फिर्ता गराउने पत्रमा हस्ताक्षर गराई फिर्ता जान भनेको बताए । 
 
संबन्धित विद्यार्थीसँग हिमालयखवरले सम्पर्क राख्दा उनले भेटेर सबै कुरा जानकारी दिने बताए । तर त्यसको केही घण्टापछि उनी सम्पर्कबिहिन भए । फोन समेत रिसिभ नगरि उनी सम्पर्कबिहिन छन् । 
 
यसरी इमिग्रेशनका अधिकारीले समाते भने के गर्ने ? इमिग्रेसन सम्वन्धमा नेपालीलाई परामर्श दिँदै आएका कानुनविज्ञ बासु फुलारा भन्छन्-'यो घटना सही नहुन पनि सक्छ । तर, यसरी संघीय अधिकारी ढोकामा आए वा आईसीईले पक्राउ गर्यो भने पहिलो कुरा कुनै पनि पत्रमा हस्ताक्षर गर्नु हुदैंन । म यस्तो पत्र वुझ्दिन, भाषाको पनि समस्या छ । मेरो वकिललाई सम्पर्क गरेर मात्र हस्ताक्षर गर्छु भन्नु पर्छ' फुलाराले भने । 
 
अहिले इमिग्रेसनवाट आएको भन्दै पैसा ठग्ने पनि छन् यसवाट बच्न पनि वकिलसँग सल्लाह गर्छु भन्नु उपयुक्त हुने उनको सुझाव छ । यसरी पक्राउ परियो भने तत्काल साथीभाईलाई भनेर भएपनि वकिललाई सम्पर्क गर्नुपर्छ फुलाराले भने । अमेरिका नियम कानुन भएको देश हो यहाँ पक्राउ गर्ने वित्तिकै अदालतको आदेश नभई डिर्पोटेशन गर्न कानुनत मिल्दैन । 
 
जनवरीको अन्तिम साता राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रावासीलाई कडाई गर्न कार्यकारी आदेश जारी गरेका थिए । यो आदेशलाई अदालत रोकेपनि पुरानै कानुन अनुसार अमेरिकाका विभिन्न स्थानमा आईसीईले छापा मारेको थियो । यो छापामा ६ सय ८० जना गैरकानुनी रुपा अमेरिका बस्दै आएका कागजपत्र विहिन आप्रवासी पक्राउ गरेका थिए । यसमा ७० प्रतिशत कुनै न कुनै अपराधमा संलग्न भएको र अधिकांश ल्याटिन अमेरिकी देशका रहेको संचारमाध्यमहरुले सरकारी अधिकारीलाई उदृत गर्दै जानकारी दिएका थिए । तर, यो छापाका क्रममा कुनैपनि नेपाली पक्राउ गरेको जानकारीमा नआएको नेपाली समुदायसँग निकट कानुन विज्ञहरुले वताएका छन् । 
 
अहिलेको अवस्थामा कागजात विहिन हो भने सतर्क भई बस्न कानुनविज्ञहरुको सुझाव छ । पक्राउ परिहालेको खण्डमा नआत्तिकन सकेसम्म कम बोलेर उनीहरुले सोधेको उत्तरमात्र दिने, वकिल वा दोभाषेको माग गर्नु पर्ने उनीहरु वताउँछन् । 
उक्त कार्यकारी आदेश अदालतले रोकिदिएकाले राष्ट्रपति ट्रम्प फेरी आप्रावासीलाई कडाई गर्न नयां नीति ल्याउने तयारीमा छन् । यही साता कडाई गर्ने नयाँ नीति आउने राष्ट्रपतिले जानकारी दिएका छन् । इमिग्रेसन सम्वन्धि मामिला हेर्ने सरकारी निकाय होमल्याण्ड सेक्युरिटीले पनि गैरकानुनी रुपमा बस्दै आएका आप्रावासीलाई कडाई गर्न मातहतका निकायलाई निर्देशन दिएका सिएनएनले गोप्य दस्तावेजलाई उदृत गर्दै सार्वजनिक गरेको छ ।
 
आप्रवासी अधिकारका लागि काम गर्दै आएका गैरसरकारी संस्था सिभिल लिवर्टीज युनियन (एसीएलयु)ले सार्वजनिक गरेको विवरणमा यदी आईसीई अधिकृतले समातिहाले भने अदालतका न्यायाधिशबाट जारी पक्राउ गर्न पाउने आदेश हो होइन पहिलो यो हेर्न सुझाव दिएको छ । 
 
अदालतको आदेश नभई पक्राउ गर्न नपाइने भएकाले यस्तो आदेश माग्न सुझाव दिईएको हो । तपाईको ढोकामा आईसीईका अधिकारी आए भने ढोका नखोल्न र दोभाषे माग्ने एसीएलयुका सुझाव छ । पत्र लिएका आएको बताए ढोका वा झ्यालवाट पत्र छिराईदिन अनुरोध गर्नु पर्छ एसीएलयुले सुझाव दिएको छ । पक्राउ गरेमा यसको जानकारी साथीभाईलाई दिन र तत्काल कानुनविज्ञ माग गर्नु उपयुक्त हुने एसीएलयुको सुझाव छ ।