मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रक्तचापबारे जान्नैपर्ने कुरा

रक्तचापबारे जान्नैपर्ने कुरा


 १)  रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।
 
 २) मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ ।
 
 ३) उच्च रक्तचाप देखिने बित्तिकै औषधि सुरु गर्नु हुँदैन । तर असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधि सुरु गर्नुपर्छ । 
 
४) औषधि आफूखुसी छाड्नु हुँदैन । बीचमै छाड्दा मष्तिस्कघात र हृदयघात हुने सम्भावना बढी हुन्छ । 
 
५) मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुँदैन । 
 
६) जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधि बन्द गर्न सकिन्छ । 
 
७) उच्च रक्तचाप भएका महिलाले परिवार नियोजनको अस्थायी साधनमा हर्मोनल विधिको विकल्प खोज्नु पर्छ । 
 
८) गर्भवति महिलालाई उच्च रक्तचाप देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ । 
 
९) २० वर्षभन्दा कम उमेरमा देखिने उच्च रक्तचापलाई सेकन्ड्रिी हाइपरटेन्सन भनिन्छ । यसमा उच्च रक्तचाप हुने कारण खोजेर उपचार गरिन्छ ।
 
 १०) पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । सुन्तला, कागती, मौसम, केरा र ताजा फलपूmलमा पनि पोटासियम बढी पाइन्छ । 
 
११) ब्लडप्रेसर न्यून हुँदैमा डराउँनुुपर्दैन । १२) नियमित रक्तचाप जाच गर्नुपर्छ ।