मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    

जुम्ल्याहा बच्चा पेटमा भएको कसरी थाहा पाउने ?

जुम्ल्याहा बच्चा पेटमा भएको कसरी थाहा पाउने ?


पेटमा जुल्याहा बच्चा छन् कि छैन भन्ने गर्भवती महिलाले कसरी पाउन सक्छन् ? गर्भमा दुई वा त्यो भन्दा बढी बच्चा रहेमा निम्न संकेत मिल्छः
 
एचसीली तह उच्च
 
गर्भवती महिलामा ह्युमन क्रोनिक गोनाडोट्र«ोपिन अर्थात् एचसीजीको मात्रा बढी भएमा दुई वा बढी सन्तानको लक्षण हो । गर्भवती महिलाको रगत वा पिसाबमा गर्भ रहनु भन्दा १० दिन अगाडि एचसीजी नाम गरेको हर्मन सजिलै देखिन्छ । यसको मात्रा तीव्र दरमा बढ्छ । १० औ सातामा यो तह उच्च बिन्दुमा पुग्छ । जुम्ल्याहाले पनि उच्च तहको एचसीजी उत्पादन गर्न सक्छन् । तर, पेटमा एउटा मात्र बच्चा हुँदा भने यो तह न्युन हुन्छ । तसर्थ, एचसीजीको तह मापन गरेर पनि जुम्ल्याहा वा एउटा बच्चा के छ भन्ने पहिचान गर्न सकिन्छ ।
 
मुटुको धड्कनमा बृद्धि
 
आवाजको छाल पहिचान गर्ने डोपलर प्रणालीले भ्रुणको मुटुको धड्कन (१२ साता सम्म) बढेको थाहा हुन्छ । एक अनुभवी चिकत्सक वा महिला सुसारेले एक भन्दा बढी मुटुको धड्कन थाहा पाउँछन्, जसको अर्थ दुई भन्दा बढी बच्चा गर्भमा रहेको संकेत हो । तर, कतिपय अवस्थामा यो आवाजले चिकित्सक र सुसारे महिला पनि झक्किन सक्छन् । किनकी दोस्रो धड्कन पृष्ठभूमिको आवाज वा आमाको दुर्लभ धड्कन पनि हुन सक्छ ।
 
अत्याधिक ‘मर्निङ सिकनेस’
 
करिब ५० प्रतिशत महिला गर्भवती भएपछि विहान वाक वाँकी आउने वा घुमाउने समस्याबाट पीडित हुन्छन् । झन् दुई ओटा शिशु भएका आमामा त यस्तो समस्या नहुने कुरै भएन । मल्टिपल प्रिगनेन्सी वा जुम्ल्याहा बच्चा भएका आमामा अत्याधिक मर्निङ सिकनेस भएका बारम्बार गरिएका सर्वेक्षणहरुले पनि दर्शाएका छन् ।
 
तौलमा अस्वभाविक बृद्धि
 
जुम्ल्याहा बच्चाका कारण आमाको तौलमा बृद्धि हुन्छ । १२ सातापछि अस्वभाविक रुपमा तौल बढेमा यस्तो हेक्का राख्न सकिन्छ । महिलाको उचाई, शरिरको प्रवृत्ति र भ्रुणको आकारका आधारमा तौलको बारेमा जानाकारी हुन्छ ।
 
परीक्षणमा अस्वभाविक एएफपीको मात्रा
 
जुम्ल्याहा बच्चाको गर्भ रहेमा अत्यधिक अल्फाफोटो प्रोटिन बढी हुन्छ । गर्भवती महिलामा १३ सातादेखि २७ सातासम्म एएफपी परीक्षण हुन्छ । यस परीक्षण निश्चित ‘वर्थ डिफेक्ट’ (शिुशुको अपांगपन) को खतरा पहिचान गर्न समेत प्रयोग गरिन्छ । ‘टिवन प्रिगनेन्सी’ले अस्वभाविक रुपमा उच्च वा ‘पोजेटिभ’ परिणाम देखाउछ । यस परीक्षणपछि चिकित्सकलाई सामान्यतया बच्चाको वास्तविक अवस्था बुझ्न सहयोग गर्छ ।
 
बारम्बार भ्रुणको चाल महशुस हुनु
 
कोखमा बच्चाको अनुभव वा भ्रुणको चाल गर्भधारणको निकै उत्तेजक र उत्साहपूर्ण अवस्था हो । मल्टिपल प्रिगनेन्सीमा भ्रुणको चाल अस्वभाविक रुपमा तीब्र हुन्छ । अन्य गर्भवती महिलाको तुलनामा यस्तो लक्षण अलि छिटो थाहा हुने केही चिकित्सकहरुको दाबी छ । तथापी, यस विषयमा उनीहरुबीच नै मतभेद देखिन्छ ।
 
अत्यधिक कमजोरी पन अनुभव हुनु
 
मल्टिपल प्रिगनेन्सीमा देखिने सबैभन्दा साझा समस्या हो कमजोरीपन । झुमलिरहने, काम गर्न मन नलाग्ने, जतिखेर पनि थकान मात्रै लाग्ने वा आफ्नो दैनिकी नै प्रभावित हुने लक्षण ट्विन मल्टिपलका संकेत हुन् । त्यसो त एउटा मात्र भु्रण हुँदा पनि आमाले त्यस्तो अनुभव गर्छिन् तर, मल्टिपल प्रिगनेन्सीमा यस्तो लक्षण अलि बढी नै देखिन्छ । पीडा, चिन्ता, काम तनाबले पनि यस्तो कमजोरी बनाउँछ ।