मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गर्भवती हुनुहुन्छ भने यति कुराहरु गर्नैपर्छ

गर्भवती हुनुहुन्छ भने यति कुराहरु गर्नैपर्छ


एउटी आमाका लागि गर्भवती हुनुजस्तो सुन्दर कुरा अरु के हुन सक्छ । एउटा नयाँ जीवनलाई यो धर्तिमा अवतरण गराउने प्रक्रिया मात्रै होइन, स्वस्थ र सुन्दर सन्तान जन्माउने पूर्वतयारी पनि हो । 
गर्भावस्था महिलाको धेरै देखभाल गर्ने समय मात्रै होइन, नयाँ सन्तानको देखभाल पनि गर्नु हो । किनभने गर्भवती महिलामा हुने स्वास्थ्यको गडबडीको असर सिधै गर्भमा रहेको सन्तानमा पर्छ ।
 
१) फोलिक एसिडको पर्याप्त मात्रा लिन जरुरी छ । हरियो सागसब्जिमा यो पाइन्छ । फोलिक एसिडले बच्चाको जन्मसँग जोडिएको संकटबाट जोगाउन सघाउँछ ।
 
२) फलफूल खानु त असाध्यै जरुरी छ । तर, कुनै पनि फलफूल खानुअघि त्यसको सरसफाइमा भने ध्यान दिनुहोस् ।
 
३) यो समयमा अण्डा, चिकेन र माछा खान फायदाजनक हुन्छ । तर, पकाउन भने राम्रैसँग पकाउनुपर्छ ।
 
४) प्रोटिनयुक्त खाना धेरै भन्दा धेरै खानुपर्छ । प्रोटिनले बच्चाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
 
५) आफ्नो खानपानको ख्याल राख्नुका साथै डाक्टरको सल्लाह र लगाउनुपर्ने भ्याक्सिनलाई कहिल्यै नछुटाउनुहोस् ।
 
६) जंकफुड खाने बानी छ भने आजै छाड्नुहोस् । यसमा उच्च फ्याट हुन्छ । जसका कारण कोलोस्ट्रोल बढ्ने खतरा हुन्छ ।
 
७) गर्भावस्थामा सम्पूर्ण तत्व मिसिएको सन्तुलित आहार जरुरी छ । खाना कत्तिको सन्तुलित आहारयुक्त छ बिचार गर्नुहोस् ।
 
८) नियमित हल्का एक्सरसाइज गर्नुहोस् ।