मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुमफिर   

अमेरिकाको लस एन्जल्समा संविधानको मस्यौदामाथी छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने

अमेरिकाको लस एन्जल्समा संविधानको मस्यौदामाथी छलफल तथा अन्तरक्रिया कार्यक्रम हुने


लस एन्जल्स, १५ जुलाई – लस एन्जल्समा NRN NCC of USA को आयोजनामा आगामी जुलाई १७ तारिखका दिन  नेपालको नयाँ संविधानको मस्यौदा माथी सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
 
उक्त कार्यक्रममा एनआरएन आईसिसिका उपाध्यक्ष एवं सफल युवा ब्यबसायी भवन भट्ट र एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल अतिथिको रुपमा उपस्थित हुनु हुनेछ । 
 
प्रस्तावित संबिधानमा कसैको सुझाव भएमा कार्यक्रममा राख्न सकिने छ । प्राप्त सुझावहरुलाई सम्बन्धित निकाय मार्फत सुझाव संकलन समितिमा पठाइने एनआरएन आईसिसिका सदस्य राजेन्द्र सिवाकोटीले बताउनु भयो।
 
अन्तरक्रिया कार्यक्रममा भावी संबिधानमा गैर आवासीय नेपालीहरुको हक कसरी स्थापित गर्न सकिन्छ भनि बिबिध विषयमा छलफल गरिने छ । कार्यक्रम India Grill, 5373 Katella Ave., Los Alamitos, CA 90720 मा साँझको ८.०० बजे हुन गई रहेको छ । 
 
कार्यक्रम सम्बन्धि थप जानकारी आबस्यक भएमा संगीता लम्साल सिवाकोटी (५६२-२९३-५७६१) र रामबाबु पाण्डे (५६२-४१३-६८००) लाई सम्पर्क गर्न सकिने प्रेसित समाचारमा जनाईएको छ।