मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुमफिर   

हिमालय खबरको तीनदिने लेक व्हिटनी रिट्रीट !

हिमालय खबरको तीनदिने लेक व्हिटनी रिट्रीट !

हिमालय खबर

शेयर गर्नुहोस:

864
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । केही दिनदेखि हिमालय खबर परिवार टेक्ससको लेक व्हिटनी क्याबिनमा छ । अमेरिकामा १४ वर्षको इतिहास बोकेको सबैभन्दा पुरानो समाचार पोर्टलहरूमध्येको एक हिमालय खबरको रिट्रीटमा हामीले हाम्रो उपलब्धिहरूको समीक्षा, पारिवारिक रमाइलो र केही नयाँ परियोजनाहरूको बारेमा छलफल गरेका छौँ, जुन हामी चाँडै हाम्रा दर्शकहरूमाझ ल्याउँदै छौँ ।

हाम्रा केही साथीहरुले प्रयास गर्दा गर्दै पनि विविध कारणले उपस्थित हुन सक्नुभएन । उहाँहरुको निरन्तर योगदानले नै हाम्रो टिम बलियो बनेको छ । यो रिट्रीटमा हामीले फेमिली टाइम, टिम बिल्डिङ गेमका अलावा हाम्रा सामग्रीहरूलाई सुधार गर्ने, हाम्रो पहुँच विस्तार गर्ने, र हाम्रा पाठकहरूको लागि विश्वासनीय समाचार र विश्लेषणको स्रोत बन्न निरन्तर प्रयास गर्ने उद्देश्यका साथ विविध छलफलहरु गरेका छौँ ।

हामी तपाईंहरुको निरन्तर समर्थन र सहभागिताको लागि आभारी छौँ । र, निकट भविष्यमा अझ नयाँ कार्यक्रमहरु ल्याउने हाम्रो प्रतिबद्धता निरन्तर रहनेछ ।