टेक्सस

एभरेष्ट क्रेडिट युनियनको साधारण सभा युलेसमा हुँदै

एभरेष्ट क्रेडिट युनियनको साधारण सभा युलेसमा हुँदै

Screenshot

युलेस (टेक्सस), अमेरिका । नेपाली समुदायको सकृयतामा स्थापित वित्तिय संस्था एभरेष्ट फेडरल क्रेडिट युनियनको पाँचौ साधारण सभा आउँदो शनिबार टेक्ससमा हुने भएको छ ।

न्यूयोर्कमा प्रधान कार्यालय रहेको एभरेष्ट फेडरल क्रेडिट युनियनले नेपालीहरुको बाहुल्यता रहेको र व्यबसायीक व्यक्तिहरु उल्लेख्य रहेको टेक्ससलाई पछिल्लो समयमा केन्द्रमा राख्दै आएको छ । सोही अनुसार टेक्ससको ड्यालसमा अगष्ट ८ तारिक शनिबार साधारण सभा आयोजना गर्न लागिएको पदाधिकारीहरुले जानकारी दिएका छन् ।

Advertisement

साधारण सभाका बारेमा सरोकारवालाहरुलाई जानकारी दिने उद्वेश्यले आयोजित भेटघाट कार्यक्रममा कन्भेनर मोहन ज्ञवालीले पछिल्लो समयमा नेपाली समुदायलाई सानोतिनो गर्जो टार्न पर्दा देखि लिएर व्यबसाय सुरुवात र विस्तारका लागि संस्थाले कर्जा प्रवाह गरिरहेको जानकारी दिए ।

युनियनले निकट भविष्यै चेक डिपोजिट, जेली लगायतका ट्रान्सफरका सुविधाहरु सुरु गरेर सदस्यहरु तथा निक्षेपकर्ताहरुलाई सेवा दिन लागेको पनि त्यस अवसरमा जानकारी दिइयो । संस्थाका बोर्ड सदस्य कुमार मैनालीले समुदायबाट स्थापित भएकोले समुदायका सुझाव र आवश्यकता अनुसार नीति लिएर अघि बढ्ने विश्वास दिलाएका थिए ।

साधारण सभाको पूर्बसन्ध्यामा युनियनले युलेसमा आफ्नै स्वामित्वमा नयाँ भवन खरिद गरेको छ । अहिलेसम्म नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका दुई वटा कोठा भाडामा लिएर सञ्चालन भैरहेको थियो । नयाँ भवनको शनिबारनै एक विशेष समारोहबीच उदघाटन भएको छ । संस्थाले अब नयाँ भवनबाट वित्तिय कारोवार अघि बढाउने र सदस्यरुलाई अधिकतम सेवा दिन सक्षम हुने विश्वास पदाधिकारीहरुले लिएका छन् ।

साधारण सभा पशुपतिनाथ मन्दिरको सभाहलमा हुनेछ । साधारण सभामा सहभागिताका लागि न्यूयोर्क, भर्जिनिया, ओहायो लगायतका राज्यहरुबाट सदस्यहरु आउने र टेक्ससमा व्यबसायीक चहलपहल हुने समेत पदाधिकारीहरुले उल्लेख गरे ।