न्युयोर्क

जय नेपाल फाउण्डेसनमा मनोनयन

जय नेपाल फाउण्डेसनमा मनोनयन


अमेरिका— जय नेपाल अन्तरराष्ट्रिय फाउन्डेशनका नव–निर्वाचित अध्यक्ष डा. यादव पण्डितले फाउन्डेशनको केन्द्रीय समिति तथा विभिन्न ग्लोबल नेटवर्कका पदाधिकारी र सदस्यहरू मनोनित गरेका छन्।

संघको विधानले दिएको अधिकार प्रयोग गर्दै अध्यक्ष पण्डितले महासचिवमा अमेरिका निवासी अग्नि चौलागाईं, कोषाध्यक्षमा गोविन्द श्रेष्ठ, र प्रवक्तामा लालप्रसाद काफ्लेलाई जिम्मेवारी दिएका छन्।

Advertisement

त्यसैगरी, फाउन्डेशन अन्तर्गत पाँचवटा ग्लोबल नेटवर्कका प्रमुखहरू पनि मनोनित गरिएको छ। ग्लोबल नलेज नेटवर्कमा डा. निरज श्रेष्ठ, ग्लोबल मिडिया नेटवर्कमा भगिरथ योगी, ग्लोबल युथ नेटवर्कमा मदनराज पौडेल, ग्लोबल महिला नेटवर्कमा बिनिता अधिकारी, र ग्लोबल स्पिरिटुअल वेलनेस नेटवर्कमा अर्जुन सिग्देल नियुक्त भएका छन्।
केन्द्रीय सदस्यमा अष्ट्रेलिया, नेपाल, साउदी अरब, कतार, बेलायत, क्यानडा तथा अमेरिकामा रहेका गरी २१ जना व्यक्तिहरू मनोनित गरिएको छ। फाउन्डेशनले निकट भविष्यमा थप सदस्यहरू पनि मनोनयन गरिने जनाएको छ।

मनोनित सदस्यहरूमा डा. देवराज पौडेल — अष्ट्रेलिया, अरुण कुमार ठाकुर — अष्ट्रेलिया, रञ्जित कर्ण — नेपाल, केशव सिंह — नेपाल, राजीव ढुंगाना — नेपाल, महेन्द्रप्रसाद कँडेल — नेपाल, प्रेमराज पौडेल — नेपाल, राजु सयद — साउदी अरब, नरेन्द्र भाट — कतार, लोकबहादुर गुरुङ — बेलायत, चन्दा अधिकारी — क्यानडा, अशोक यादव — क्यानडा, बी. आर. लामा — अमेरिका, दिलु पराजुली — अमेरिका, टेक के.सी. — अमेरिका, भोजराज घिमिरे — अमेरिका, एकदेव शर्मा — अमेरिका, हरिहर पौडेल — अमेरिका, रामजी मरासिनी — अमेरिका, दिनबन्धु भट्ट — अमेरिका र शिवराज पौडेल — अमेरिका रहेका छन् ।

गत जुन १३ र १४ मा भर्चुअल माध्यमबाट सम्पन्न फाउन्डेशनको पहिलो वार्षिक अधिवेशनले डा. पण्डितलाई अध्यक्षमा निर्वाचित गरेको थियो। अधिवेशनमा फाउन्डेशन अन्तर्गत ग्लोबल नलेज नेटवर्क, विभिन्न विभाग तथा ३३ वटा च्याप्टरहरू सक्रिय रूपमा कार्यरत रहेको जानकारी गराइएको थियो।

अध्यक्ष डा. पण्डितले फाउन्डेशनको उद्देश्यबारे बताउँदै भने— “संसारभरि रहेका नेपालीहरूलाई जोड्ने र उनीहरूसँग रहेको सीप, अनुभव, स्रोत तथा सञ्जाललाई नेपालको हित र उन्नतिमा उपयोग गर्ने उद्देश्यले फाउन्डेशनको गठन गरिएको हो। डायस्पोरामा रहेका नेपाली संघ–संस्थासँग सहकार्य गर्दै साझा उद्देश्य प्राप्तिमा अघि बढ्ने हाम्रो प्रतिबद्धता छ।”