मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

अमेरिकामा पांच लाख डलरको घर किन्न कति कमाउनु पर्छ

अमेरिकामा पांच लाख डलरको घर किन्न कति कमाउनु पर्छ

तस्बिर: सामाजिक संजाल

अमेरिका- अमेरिकामा घर किन्न कति कमाउनु पर्छ ? यदी पांच लाख अमेरिकी डलर पर्ने घर किन्ने हो भने परिवारको बार्षिक आम्दानी औषतमा १ लाख ४७ हजार वा यो भन्दा कमाउनु पर्ने हुन्छ ।

घरको मासिक किस्ताका आधारमा यो हिसाव गरिएको हो । तर, मासिक किस्ता क्रेडिट स्कोर, ब्याजदर, ऋणको समय आदिमा निर्भर हुन्छ ।

Advertisement

घर किन्न तपाईलाई ऋण दिने बैंक वा संस्थाले आम्दानीको २८ प्रतिशत घरको किस्तामा लगाउंदा उचित हुन्छ भन्ने आधारमा कति सापटी दिने भन्ने निर्धारण गर्छन ।

यही आधारमा २० प्रतिशत डाउनपेमेण्ट गर्दा ऋण ४ लाख डलर हुने भयो । ३० बर्षको अवधिको ऋण् लिदां ब्याजदर अहिले ६ देखी ७ प्रतिशतको विचमा छ । यस आधारमा यदी ७ प्रतिशत ब्याजदर राख्ने हो भने सांवा र ब्याजका लागि किस्ता रकम मासिक २६६० अमेरिकी डलर आउंछ ।
यसमा घरको सम्पत्ति कर, बिमा, मर्मत संभार लगायतका खर्च जोडिएको छैन ।

सम्पत्तिकर राज्य अनुसार फरक पर्छ । अमेरिकामा औषतमा एक प्रतिशत भन्दा कम शुन्य दशमलव ९० प्रतिशत सम्पत्ति कर छ । तर, राज्य अनुसार यो फरक छ । न्यूजर्सी, पेन्सेलभानिया , टेक्ससमा जस्ता राज्यमा यो अझ वढी हुन्छ । यही शुन्य दशमलव ९० प्रतिशत सम्पत्ति कर छ भने औषतमामासिक सम्पत्ति कर ३७५ डलर पर्न आउंछ । यसलाई तिर्न सक्दिन भन्न पांईदैन । यस पछि मासिक किस्ता ३०३५ डलर भयो ।

घरको बीमा पनि अहिले बद्धि भएको छ । यो पनि औषतमा २ सय ७५ डलर पर्न आउंछ । पांच लाख अलि ठुलो रकम भएकाले बीमा रकम पनि अति वढ्छ । यस आधारमा बीमा समेत जोड्दा घरको किस्ता मासिक ३४२५ डलर पुग्छ ।

घर वाहेक अन्य खर्चहरु पनि हुन्छन । त्यसैले घरको किस्ताका लागि २८ प्रतिशत छुट्याउनने हो भने तपाईको परिवारको बार्षिक आम्दानी १ लाख ४७ हजार डलर हुनै पर्छ । यदी छैन भने घर किन्न नआत्तिनुहोस ।

यतीले मात्र पुग्दैन घर किने पछि होम ओनर शुल्क पनि हुन सक्छ । बीमाले कभर नगर्ने सानो तिनो मर्मत संभारगर्नु पर्छ । अरु विजुली पानीको पैसा तिर्नु पर्छ । यसले पनि तपाईको खर्च वढाउंछ ।

घर किने पछि शुरुका महिनामा किस्ता जति वुझाएको छ अधिकांश भाग ब्याजमै जान्छ । केही बर्ष त सांवा घट्दै घट्दो नरहेनछ जस्ता लाग्छ । घरको मूल्य अकस्मात बढेन भने २ वा ३ बर्ष पछि घर विक्री गर्दा पनि खासै फाइदा भने हुदैंन । आफु वसियो भन्ने मात्र हो । यो औषत हिसाव हो घर किन्ने कसरी किन्ने यो तपाईको परिवारको व्यक्तिगत निर्णय हो ।

शेयर गर्नुहोस:

1.9k
Shares