न्युयोर्क

अमेरिकाको न्युयोर्क लगायतका राज्यमा हिमपातको कहर

अमेरिकाको न्युयोर्क लगायतका राज्यमा हिमपातको कहर

न्युयोर्कमा कम्तीमा पाँच जनाले ज्यान गुमाए, विद्यालयहरु बन्द


न्युयोर्क- आइतबार बिहानदेखि पर्न थालेको हिमपातका कारण न्युयोर्क लगायत अमेरिकाका ३० राज्यहरु अति प्रभावित बनेका छन । मौसम विभागले हिम आँधी सहित १२ इन्चसम्म हिउँ पर्ने प्रक्षेपण गरेको छ ।

राज्य सरकार तथा स्थानीय सरकारहरुले अधिकाँश राज्यहरुमा संकटकाल घोषणा गरेका छन । हिउँ संगै हावाकोे गतिपनि १५ माइल प्रतिघण्टा रहेका कारण चिसो अत्यधिक बढेको छ ।

Advertisement

न्युयोर्कका गभर्नर केथी होचुलले राज्यभरी संंकटकाल घोषणा गर्र्दै घरभित्रै रहन, अत्यावस्यक बाहेकका काम घरबाटै गर्न अनुरोध गरेकी छन । त्यसैगरी न्युयोर्क सीटीका मेयर जोहराम मम्दानीले हिमपातको जानकारी दिँदै विद्यालयहरु बन्दको घोषणा गरेका छन भने केही विद्यालयहरु रिमोटबाटै सञ्चालन गर्न निर्देशन दिएका छन ।

हिमपातका कारण न्युयोर्क लगायतका यातायात नराम्ररी प्रभावित बनेका छन भने न्युयोर्कको लगुवार्डिया विमानस्थल बन्द गरिएको छ । खराब मौसमका कारण हजारौं हवमोइ उडान रद्ध गरिएको छ । न्युयोकै सीटीमा पाँच बर्ष यताकै ठुलो हिमपात भएको मौसम विभागले जनाएको छ ।

त्यसैगरी न्युयोर्कमा चिसो र हिमपातका कारण कम्तीमा पाँच जनाले ज्यान गुमाएकोे न्युयोर्क प्रहरीले जनाएको छ । नयाँ सेल्टर सेन्टरहरुको व्यवस्था गरिएपनि सुरक्षित स्थानमा जान नचाहने घरवारविहिनहरु चिसोेको सिकार भइरहेका छन ।

सडक तथा भवनहरुका अगाढी चिप्लो हिउँको सिलिट जमेका कारण हिडाइमा कठीनाइ हुने तथा दुर्घटना हुनसक्ने भन्दै चेतावनी जारी गरिएको छ । आइतबार रातीदेखी हिमपात रोकीएपनि चिसो अत्यधिक हुने भएका कारण सुरक्षित रहन अनुरोध गरिएको छ ।

चिसो र हिमपातकोे कारण न्युयोर्क, न्यजर्सी, म्यासाचुसेट्स, मेरील्याण्ड, पेन्सिलभेनीया, डेलावर लगातका राज्यहरु अत्यधिक प्रभावित देखिएका छन ।

शेयर गर्नुहोस:

486
Shares