मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युयोर्क   

अमेरिकाको न्युयोर्क लगायतका राज्यमा हिमपातको कहर

अमेरिकाको न्युयोर्क लगायतका राज्यमा हिमपातको कहर

न्युयोर्कमा कम्तीमा पाँच जनाले ज्यान गुमाए, विद्यालयहरु बन्द


न्युयोर्क- आइतबार बिहानदेखि पर्न थालेको हिमपातका कारण न्युयोर्क लगायत अमेरिकाका ३० राज्यहरु अति प्रभावित बनेका छन । मौसम विभागले हिम आँधी सहित १२ इन्चसम्म हिउँ पर्ने प्रक्षेपण गरेको छ ।

राज्य सरकार तथा स्थानीय सरकारहरुले अधिकाँश राज्यहरुमा संकटकाल घोषणा गरेका छन । हिउँ संगै हावाकोे गतिपनि १५ माइल प्रतिघण्टा रहेका कारण चिसो अत्यधिक बढेको छ ।

Advertisement

न्युयोर्कका गभर्नर केथी होचुलले राज्यभरी संंकटकाल घोषणा गर्र्दै घरभित्रै रहन, अत्यावस्यक बाहेकका काम घरबाटै गर्न अनुरोध गरेकी छन । त्यसैगरी न्युयोर्क सीटीका मेयर जोहराम मम्दानीले हिमपातको जानकारी दिँदै विद्यालयहरु बन्दको घोषणा गरेका छन भने केही विद्यालयहरु रिमोटबाटै सञ्चालन गर्न निर्देशन दिएका छन ।

हिमपातका कारण न्युयोर्क लगायतका यातायात नराम्ररी प्रभावित बनेका छन भने न्युयोर्कको लगुवार्डिया विमानस्थल बन्द गरिएको छ । खराब मौसमका कारण हजारौं हवमोइ उडान रद्ध गरिएको छ । न्युयोकै सीटीमा पाँच बर्ष यताकै ठुलो हिमपात भएको मौसम विभागले जनाएको छ ।

त्यसैगरी न्युयोर्कमा चिसो र हिमपातका कारण कम्तीमा पाँच जनाले ज्यान गुमाएकोे न्युयोर्क प्रहरीले जनाएको छ । नयाँ सेल्टर सेन्टरहरुको व्यवस्था गरिएपनि सुरक्षित स्थानमा जान नचाहने घरवारविहिनहरु चिसोेको सिकार भइरहेका छन ।

सडक तथा भवनहरुका अगाढी चिप्लो हिउँको सिलिट जमेका कारण हिडाइमा कठीनाइ हुने तथा दुर्घटना हुनसक्ने भन्दै चेतावनी जारी गरिएको छ । आइतबार रातीदेखी हिमपात रोकीएपनि चिसो अत्यधिक हुने भएका कारण सुरक्षित रहन अनुरोध गरिएको छ ।

चिसो र हिमपातकोे कारण न्युयोर्क, न्यजर्सी, म्यासाचुसेट्स, मेरील्याण्ड, पेन्सिलभेनीया, डेलावर लगातका राज्यहरु अत्यधिक प्रभावित देखिएका छन ।

शेयर गर्नुहोस:

432
Shares