मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

ड्यालसमा गुन्जीयो गुल्मेली भैलो

ड्यालसमा गुन्जीयो गुल्मेली भैलो


टेक्सास । टेक्ससको ड्यालसमा गुल्मेली भैलो गुन्जीएको छ । गुल्मेली चौतारी टेक्सासको आयोजनामा युलेसमा भएको कार्यक्रममा गुल्मी पुगेको झल्को मेटिने गरि गुल्मेलीहरुले भैलो खेलेका हुन् ।

आईतबार युलेशको बियर क्रिक पार्कमा सयौँको सख्यामा जम्मा भएका गुल्मी जिल्लामा दशैमा खेलिने सराय नाँच, पट्ठा नाँच, सहित सामुहिक दशैं, तिहारको शुभकामना साटेका थिए ।

गुल्मेली चौतारी टेक्ससका संयोजक दिपक भण्डारीका अनुसार हाल ड्यालास वरपर मात्र सयौंको सख्या गुल्मेलीहरुको बसोबास रहेको छ । भण्डारीले भने दोश्रो पुस्तालाई पनि गुल्मीको कला, संस्कृति र परम्परा सिकाई रहनका लागि संस्थाले यस प्रकारका कार्यक्रमको आयोजना गरेको हो ।

बिभिन्न खेलकुद तथा मनोरन्जनका कार्यक्रमहरु समेत राखीएको कार्यक्रममा चार सय भन्दा धेरैलाई पार्क मै गुल्मेली स्वादको खाना बनाइएर खुवाईएको आयोजक मध्येका एक नारायणबहादुर केसीले बताए । केसीका अनुसार गुल्मीले चौतारीले आगामी बर्षहरु अझै धेरै संस्कृति झल्कने कार्यक्रमहरु ल्याउने योजना बनाएको छ ।

गुल्मेली चौतारीको कार्यक्रममा मोहन केसीले लिएको तस्वीरको फोटो फिचर ।

शेयर गर्नुहोस:

891
Shares