मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   

नेपाली समाजको चुनाव मिति घोषणा

नेपाली समाजको चुनाव मिति घोषणा


युलेस, टेक्सस (अमेरिका) । अमेरिकाको टेक्ससमा रहेका नेपालीहरूको सबैभन्दा पुरानो संस्था नेपाली समाज टेक्ससको निर्वाचन यही डिसेम्बर १३ मा हुने भएको छ ।

टेक्सस नेपाली समाजको निर्वाचन समिति २०२५ ले आगामी कार्यकारी समिति निर्वाचनको मिति सार्वजनिक गरेको हो। निर्वाचन शनिबार, डिसेम्बरमा १२१२ रोयल पार्कवे, युलेस (पशुपतिनाथ मन्दिर तथा बुद्ध बिहार) मा हुनेछ ।

Advertisement
ADVERTISEMENT

अक्टोबर ४ मा जारी गरिएको सार्वजनिक सूचनामा प्रमुख आयुक्त महेशकुमार नेपाल सहित आयुक्तहरू बासुदेव भण्डारी, बिजयराज भट्टराई, दिनेश शर्मा र बेदराज बस्नेतको नेतृत्वमा निर्वाचन प्रक्रिया सञ्चालन गरिने उल्लेख छ।

निर्वाचन समिति अनुसार, संस्थाको सदस्यता लिने अन्तिम मिति नोभेम्बर १५ सम्म तोकिएको छ। सो मितिभित्र सदस्यता लिएका व्यक्तिहरू मात्र मतदान गर्न योग्य हुनेछन्। यो प्रक्रिया नेपाली समाज टेक्ससको विधानको धारा V अनुसार हुने समेत जनाइएको छ ।

निर्वाचनको विस्तृत तालिका, उम्मेदवारी दर्ता र मतदान सम्बन्धी जानकारी चाँडै सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।

नेपाली समाज टेक्स सन् १९९८ मा स्थापना भएको गैर-नाफामूलक संस्था हो । यसले टेक्ससमा नेपाली समुदायको सांस्कृतिक, सामाजिक र नागरिक सहभागितालाई सशक्त बनाउँदै आएको छ।

शेयर गर्नुहोस:

0
Shares