ड्यालस (टेक्सस) । नेपाली समाज टेक्ससले पारिवारिक सिलसिलामा अमेरिका भ्रमणमा रहेका बागमति प्रदेशका मुख्य सचेतक मधुसुदन पौडेलको स्वागत गरेको छ ।
आइतबार समाजको टेक्ससको युलेसस्थित कार्यालयमा समाजका अध्यक्ष राजेन्द्र वाग्लेले खादा ओढाएर स्वागत गरेका थिए । सो अवसरमा अमेरिकाको पूर्वाधार विकासको तरिका, स्थानीय निकाय सञ्चालनको अभ्यासका बारेमा जानकारी दिँदै अमेरिका भ्रमणका क्रममा ती कुराहरु बुझ्न, सिक्न र नेपालमा कार्यान्वयनका लागि प्रयास गर्न मुख्य सचेतक पौडेलसँग आग्रह गरे ।
नेकपा एमालेका मुख्य सचेतक पौडेलले अमेरिकाको सिस्टम, पूर्वाधारका बारेमा बुझ्न, जान्न इच्छा रहेको र नेपालमा कार्यान्वयन गर्न सकिने जति गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । ललितपुर-१ बाट प्रदेश सभा सदस्य रहेका पौडेल तीन दशकभन्दा अघिदेखि निरन्तर राजनीतिमा संलग्न छन् ।
सो अवसरमा समाजको तर्फबाट मायाँको चिनो समेत प्रदान गरिएको थियो । कार्यक्रममा समाजका उपाध्यक्षहरु जनक भण्डारी, बलराम पौडेल, महासचिव विजय भुसाल, कार्यसमितिका पदाधिकारीहरुको समेत उपस्थिती थियो ।
प्रतिक्रिया