अमेरिका समाचार

अमेरिका मध्यावधि चुनाव, डेमोक्रयाट पार्टी सहज बहुमत तर्फ

अमेरिका मध्यावधि चुनाव, डेमोक्रयाट पार्टी सहज बहुमत तर्फ

टेक्ससमा उलटफेरको संभावना



अमेरिका- अमेरिकामा आज सम्पन्न मध्यावधि निर्वाचनमा विपक्षी डेमोक्रयाटिक पार्टीले भारी सफलता प्राप्त गरेको छ । निर्वाचन लगत्तै प्राप्त प्रारम्भिक नतिजाले सदन अर्थात हाउस र सिनेट दुवैमा डेमोक्रयाटिक पार्टीले सुविधाजनक बहुमत ल्याउने देखिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकन र उनले समर्थन गरेका कयौं उम्मेदवारले पराजय भोग्नु परेको छ । यो नतिजाले राष्ट्रपतिलाई आफ्नो नीति परिवर्तन गर्न दवाव पर्ने छ । ट्रम्पको कार्यकाल अव करिव २ बर्ष बांकी छ ।

Advertisement

चुनावको प्रारम्भिक नतिजाले डेमोक्रयाटिक पार्टीले हाउसमा करिव २५० सिट जित्ने संभावना देखिएको छ ।

यो निर्वाचनको मुख्य मुद्दा आर्थिक थियो । तेलको वढ्दो मूल्यले अमेरिकी उपभोक्ता ट्रम्पसंग क्रुद्ध थिए । इरान युद्ध शुरु भए पछि अमेरिकामा तेलको मूल्य ७५ प्रतिशतसम्म बृद्धि भएको थियो । अहिले पनि अमेरिकी उपभोक्ता तेलको उच्च मूल्य तिर्दै आएका छन् ।

अर्को इमिग्रेशन नीति प्रति पनि धेरैको गुनासो थियो । विश्वका विभिन्न देशवाट यहां आई अमेरिकी नागरिकता लिएका र तिनका परिवारले ट्रम्पको नीति विरुद्ध भोट दिएका छन् ।

रिपव्लिकन पार्टीको गढ मानिएको टेक्सस राज्यको चुनावी नतिजाले धेरैलाई अचम्मित पारेका छ । त्यहांको प्रारम्भिक नतिजाले सिनेटमा डेमाक्रायाट् पार्टीका उम्मेदवारले जित्ने संभावना वढेको छ । यस्तै गभर्नरमा पनि डेमोक्रयाटिक पार्टीले प्रारम्भिक बढ्त लिएको छ ।