मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

के प्रचण्ड भारतका लागि सजिला हुन् ?

के प्रचण्ड भारतका लागि सजिला हुन् ?

सुजन पण्डित

शेयर गर्नुहोस:

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेपाल राजनीतिक अस्थिरतामा रुमल्लिन थालेको दशकौं भइसक्यो। हिंसाबाट मुलधारको राजनीतिमा आएको माओवादी र यसको नेतृत्व नेपालमा राजनीतिक स्थायित्व भन्दा आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्न लागेको वर्षौं भयो। २०६२/६३ को आन्दोलन पछि साँढे तीन वर्ष भन्दा बढी कुनै सरकार टिकेको छैन। छिन-छिनमा गठबन्धन परिवर्तन भइरहने र देशहित भन्दा व्यक्तिगत हित प्राथमिकतामा राख्ने राजनीतिक नेतृत्वका कारण नेपालले यस्तो दुर्दशा भोगेको हो।

२०७९ को चुनाव पछि मात्र प्रचण्डले तीन पटक गठबन्धन परिवर्तन गरेर संसदीय हैसियत नभएपनि सत्ताको नेतृत्व हात पारिरहे। चुनाव लड्दा एउटा गठबन्धनबाट र चुनाव पछि अर्को गठबन्घन फेरेर भएपनि आफू प्रधानमन्त्री भइछोडे।

छिटो छिटो गठबन्धन फेरे पनि उनी भारतका लागि भने अति सजिला प्रधानमन्त्री भइरहे। दशवर्ष नेपालमा हिंसात्मक विद्रोह गर्दा उनी अधिकांश समय भारतीय सुरक्षा र सेवामा भारत मै बसे। भारतमा बसेर १७ हजार नेपालीको ज्यान लिने र खर्बौंको भौतिक क्षति गराउने ध्वंस मच्चाएका प्रचण्डले शान्ति प्रकियामा आएको झण्डै दुई दशक सत्ता राजनीतिमा आफूलाई जहिल्यै केन्द्रमा राखिरहे।

उनको सत्ता राजनीति सर्वसाधारण र समग्र देशहित भन्दा नीजि र पारिवारिक स्वार्थमा केन्द्रित भएको सबैलाई थाहा भएकै हो। नेपालमा प्रचण्डलाई भारतीय ‘गोटी’ भनेर आरोप लगाइने गरेको धेरै भयो। तीन वर्ष अघि केपी ओलीलाई प्रमबाट अपदस्थ गर्ने आन्दोलन गरेका बेला आफैंले उनको सरकार भारतका लागि समेत ‘कम्फर्टेवल’ हुने भनेकै थिए। उनी भारतका लागि ‘कम्फर्टेवल’ पात्र हुन् भन्ने धारणा अब नेपाल भित्र मात्र होइन अन्तराष्ट्रियस्तरमा समेत बनेको प्रष्ट भएको छ।

हालै नेपालमा सत्ता परिवर्तन भएर नेपाली काँग्रेस र एमालेको गठबन्धनमा केपी ओली प्रधानमन्त्री भएको प्रसंगमा विश्व प्रसिद्ध समाचार पत्रिका ‘दि न्युयोर्क टाइम्स’ले समेत प्रचण्ड भारतका लागि सजिला थिए र उनी आफ्नो नीजि फाइदाका लागि सत्ता राजनीति गर्ने व्यक्ति हुन् भन्ने आशयको समाचार लेखेको छ।

न्यूयोर्क टाइम्सका लागि भद्र शर्माले लेखेको समाचारमा त्यस्तो विषय उल्लेख गरिएको हो। भारतको स्वार्थ ओली भन्दा प्रचण्डसंग मिल्ने र उनीसंग माओवादी ‘इन्सर्जेन्सी’का बेला लगाएको गुनको साइनो समेत भएकाले भारतले सहज महशुस गर्नु सायद उसको लागि जायज नै होला। तर नेपालको प्रधानमन्त्री हुने व्यक्ति नेपालको लागि पो सहज हुनु पर्ने! प्रचण्ड भारतकालागि सजिला राजनीतिज्ञ हुन् र उनलाई सत्तामा पुऱ्याउन वा राखिराख्न बेला बेला नेपालमा भारतीय राजदूतावास र गुप्तचर एजेन्सीहरुसमेत सक्रिय भएको समाचारहरु नेपालमा आइरहेकै हुन्थे। यसै पटक पनि भारतीय राजदूत प्रचण्डको सत्ता जोगाउन बुढानिलकण्ठ समेत धाएका थिए भन्ने समाचार बाहिर आएकै हो। अहिले आएर उनी भारतका लागि सजिला व्यक्ति हुन् भनेर अन्तराष्ट्रिय समाचार संस्थाहरुले समेत लेख्न थालेकाछन्।

आफूलाई परिवर्तनकारी शक्ति भनेर चिनाउने माओवादी ३५ वर्षदेखि पार्टी सत्तामा रहेका प्रचण्डको नीजि स्वार्थ परिपूर्ति गर्ने साधन मात्र भएको छ। प्रतिनिधिसभामा ३२ सिट भएको पार्टीले पहिलो र दोश्रो ठूलो पार्टी काँग्रेस र एमालेलाई खेलाएरै सत्ता-भोग गरिरहने रणनीति लिएका थिए। तर पालै पालो गठबन्धन फेरेर दुबै पार्टीलाई सत्ता राजनीतिमा पछि पारेका प्रचण्ड अहिले आफैं पछि परेकाछन्।

नेपालको सत्ता राजनीतिमा घोषित-अघोषित घुसपैठ गर्न माहिर भारतको रोजाईका प्रचण्ड उसको लागि कम्फर्टेवल सरकार बनाउने मौका ढुग्लान् कि केही समय फेरि जनतालाई रनभुल्लमा पार्न लाग्छन् हेर्न बाँकी नै छ।

नेपालका राजनीतिक दलहरु नेपालका लागि सरकार बनाउन् नकि भारतका लागि! र, नेपालको राजनीतिक पार्टीको एक नेताका हैसियतमा प्रचण्ड पनि भारतको गोटी नहोऊन् भन्ने चाहना राख्नु जायज नै होला।

Screenshot