मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

बोस्टनमा ‘नेपाल डे-२०२४’ मनाउने तयारी

बोस्टनमा ‘नेपाल डे-२०२४’ मनाउने तयारी


नेपालीको ………

”कसिलो एकता, गर्विलो पहिचान
पूजनीय सभ्यता, वजिलो स्वाभिमान”

माथि उल्लेखित भनाइलाई चरितार्थ पार्न यतिबेला अमेरिकाको ऐतिहासिक स्थान ग्रेटर बोस्टन क्षेत्रमा बसोबास गर्ने प्रवासी नेपालीहरु ‘नेपाल डे-२०२४’ मनाउने तयारीमा जुटिरहेका छन्।

गत वर्षदेखि मनाउन थालिएको ‘नेपाल डे’ लाई यस वर्ष पनि निरन्तरता दिदै भव्यताका साथ मनाउन उनीहरु आवश्यक तयारीमा अहोरात्र खटिरहेका हुन्। यसको नेतृत्व ग्रेटर बोस्टन क्षेत्रमा रहेका नेपाली समुदायको अग्रणी संस्था ‘ग्रेटर बोस्टन नेपाली कम्युनिटी'(जिबिएनसि)ले गरिरहेको छ। ‘नेपाल डे’ लाई सफल बनाउन म्यासाच्युसेट्स राज्यको एभरेट सिटीले साथ र सहयोग गरिरहेको छ भने, यस क्षेत्रमा रहेका अन्य नेपाली समुदायका संघ संस्थाहरुले पनि हातेमालो गरिरहेका छन्।

कार्यक्रम आयोजक संस्था जिबिएनसिले जनाए अनुसार उक्त कार्यक्रम आउदो अगष्ट ४ तारिख आइतबारका दिन अपरान्ह १२ बजेदेखि साँझ ७ बजेसम्म एभरेट सिटी स्थित ग्लेन्डल पार्क(Glendale Park) मा आयोजना हुँदैछ। विश्व शान्तिका अग्रदूत ‘गौतम बुद्ध’ जन्मिएको र विश्वको उच्च शिखर सगरमाथा रहेको देश ‘नेपाल’ हो भन्ने मूल सन्देश बुलन्द पार्ने कार्यक्रमको मूल उद्देश्य रहेको छ। प्रवेश शुल्क नलाग्ने यस खुला कार्यक्रमको आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

कार्यक्रम आयोजक संस्था जिबिएनसिका वरिष्ठ उपाध्यक्ष सन्दिप भट्टराईले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। सांगीतिक माहोलकाबिच हुन गइरहेको उक्त कार्यक्रम, नेपालीपन, नेपाली पहिचान र नेपालीत्वलाई झल्काउनमा केन्द्रीकृत हुने उनले बताए। उनका अनुसार कार्यक्रममा नेपालका चर्चित कलाकारहरु हरि कर्माचार्य(गुल्मी गाइज व्याण्ड), दिपेश के भट्टराई र जेम्स प्रधानले आफ्ना चर्चित गीतहरु गाउदै ग्रेटर बोस्टन बासी नेपाली समुदायसंग साक्षात्कार गर्ने भएका छन्। त्यसैगरी, कलाकारहरु महादेव त्रिपाठी, अमित सुनार, मल्लिका कार्कीलगायत स्थानीय कलाकारहरुले पनि सांगीतिक मञ्च साझा गर्दै कार्यक्रमलाई मनोरञ्जनात्मक तथा उल्लासमय बनाउने तयारीमा छन्।

नेपाली भाषा, धर्म, भेष भुषा, संस्कृति, परम्परा, चालचलन,पहिचान आदि झल्काउने गरी गरिने कार्यक्रम, प्रवासी नेपाली समुदायको लागि गौरवपूर्ण, उत्साहजनक र मनोरञ्जनात्मक हुने वरिष्ठ उपाध्यक्ष भट्टाइको दाबी छ। उनले ग्रेटर बोस्टनबासी प्रवासी नेपाली समुदायका लागि ‘नेपाल डे-२०२४’ एकता र पहिचान प्रदर्शन गर्ने एक सुवर्ण अवसर पनि भएको जिकिर गरे। दोश्रो पटक मनाउन लागिएको ‘नेपाल डे’ कार्यक्रमलाई भव्यताका साथ मनाउन ‘सबै जुटौं, कोही नछुटौं’ भन्दै वरिष्ठ उपाध्यक्ष भट्टराईले सबैलाई सहभागिताका लागि अनुरोध गर्दै आयोजकका तर्फबाट चुले निम्तोसमेत दिएका छन्। कार्यक्रम आयोजकका अनुसार, कार्यक्रम स्थलमा नेपाली व्यवसायीहरुले विक्रीका लागि विभिन्न नेपाली खानाका परिकारहरु र नेपालीपन तथा पहिचान झल्काउने सरसामानहरुको लगभग २५ वटा स्टलहरुसमेत राख्ने भएका छन्।

यस अवसरको सदुपयोग गर्दै नेपालको प्रवर्धन गर्ने मुख्य उद्देश्यले कार्यक्रम स्थलमा जानकारीमूलक स्टल राख्न लागिएको बोस्टनका लागि नेपालका पर्यटन प्रवर्द्धक मिलन गुरूङले बताए। प्रवासमा हुने यस्ता कार्यक्रमहरुमा नेपालको पर्यटन प्रवर्धन गर्न प्राथमिकता दिइनु पर्नेमा जोड दिदै उनले त्यस्ता कार्यक्रमहरुलाई नेपाल सरकारले पनि सक्दो साथ सहयोग गर्नु पर्ने बताए। नेपाल डे कार्यक्रम सफतापूर्वक सम्पन्न गर्न सक्दो सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउदै उनले कार्यक्रमको पूर्ण सफलताको कामनासमेत गरेका छन्।