मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए, अमेरिकाको नयाँ च्याप्टर स्थापनाका लागि न्युनतम सदस्य संख्या ५० हुनु पर्ने

एनआरएनए, अमेरिकाको नयाँ च्याप्टर स्थापनाका लागि न्युनतम सदस्य संख्या ५० हुनु पर्ने


Screenshot

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए, एनसिसि), अमेरिकाको हालै सम्पन्न साधारण सभाले नयाँ च्याप्टर स्थापनाका सम्बन्धमा विधान संशोधन गरेर नयाँ व्यवस्था गरेको छ। जस अनुसार नयाँ च्याप्टर स्थापनाका लागि न्यूनतम सदस्य संख्या कम्तिमा ५० भए पुग्ने भएको छ। गत जुलाई १३ र १४ तारिखमा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न साधाण सभाले संघको विधानमा यस्तो व्यवस्था गरेको हो। यस अघिको विधानमा भने नयाँ च्याप्टर स्थापनाका लागि सदस्य संख्या कम्तिमा एकसय हुनु पर्ने व्यवस्था थियो।

च्याप्टर निरन्तरताका लागि भने वर्तमान विधानमा रहेको व्यवस्थालाई नै निरन्तरता दिइने भएको छ। वर्तमान व्यवस्थाअनुसार, अर्को कार्यकालका लागि च्याप्टरले निरन्तरता पाउन कम्तिमा सदस्यता संख्या ५० हुनु पर्दछ। अमेरिकाको सबै राज्यहरुमा संघको च्याप्टर स्थापना गरी अमेरिकामा रहेका बढी भन्दा बढी गैर आवासीय नेपालीहरुलाई समेट्ने मूल उद्देश्य राखेर विधानमा यस्तो संशोधन गरिएको संघले जनाएको छ।

साधारण सभाले च्याप्टरहरुलाई आर्थिक रुपमा केही राहत दिने उद्देश्यले निर्वाचन प्रक्रियामा सहभागी भएका उमेदवारहरुले उमेदवारी दर्ता गर्दा तिरेको शुल्कको २५ प्रतिशत रकम च्याप्टरले नै पाउने नयाँ व्यवस्था गरेको छ । वर्तमान विधान अनुसार च्याप्टरले आफ्नो च्याप्टरका सदस्यहरुबाट उठेको सदस्यता शुल्क मध्य प्रति सदस्यबाट पाँच डलर प्राप्त गर्ने व्यवस्थालाई भने कायमै राखेको संघले जनाएको छ।

यसैगरी, वर्तमान विधानमा क्षेत्रीय समिति गठन गर्ने व्यवस्था रहेको छ। त्यस समितिको चेयर निर्वाचन प्रक्रियाबाट चयन हुने व्यक्ति हुने र उसैको नेतृत्वमा च्याप्टरहरुका उपाध्यक्षहरुलाई समेटेर क्षेत्रीय समिति गठन गर्ने व्यवस्था रहेको छ। यो व्यवस्था च्याप्टरहरुलाई राष्ट्रिय परिषदसंग प्रत्यक्ष जोड्ने उद्देश्यले गरिएको थियो। तर, वर्तमान अवस्थामा विधानत: च्याप्टर अध्यक्षहरु नै राष्ट्रिय परिषदको केन्द्रीय कार्यसमितिमा स्वत: जोडिने व्यवस्था भएकाले, क्षेत्रीय समितिको व्यवस्थाको औचित्य समाप्त भएको ठहर गर्दै उक्त व्यस्था खारेज गरिएको संस्थाले जनाएको छ। प्राप्त जानकारी अनुसार संशोधित विधान अनुसार क्षेत्रीय समिति नरहने तर क्षेत्रीय संयोजक(चेयर)को व्यवस्था भने कायम रहने भएको छ।